नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध: प्रधानमन्त्री    « Khabarhub

नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध: प्रधानमन्त्री   


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न प्रतिवद्ध रहेको बताए । 

बुधबार काठमाडौंमा राससको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको भन्दै नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।  लोकतान्त्रिक शासन प्रणालीमा प्रेस स्वतन्त्रता सम्भव हुने भन्दै उनले लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिनुपर्ने उल्लेख गरे ।  

तथ्यहीन, भ्रामक र समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकमा भ्रम सिर्जना गर्ने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार गर्ने भएकाले यसप्रति सजग रहन उनले आग्रह गरे । उनले नेपालका सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने पनि बताए । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिबद्ध रहेको  बताए । उनले स्वच्छ र सत्यतथ्य आलोचनाले प्रजातन्त्रलाई  बलियो बनाउने विश्वास व्यक्त गरे। 

विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  २ : २९ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा