राजाहरूले प्रयोग गरेका पुराना गाडीहरू सर्वसाधारणको अवलोकनका लागि खुल्ला « Khabarhub

राजाहरूले प्रयोग गरेका पुराना गाडीहरू सर्वसाधारणको अवलोकनका लागि खुल्ला


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नारायणहिटी दरबार सङ्ग्रहालयमा स्वर्गीय राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका पुराना गाडीहरू सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ ।

बुधबार नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले राजाहरूले प्रयोग गरेका पुराना गाडीहरू सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले उक्त गाडी अवलोकनका लागि उद्घाटन गरे । सङ्ग्रहालयमा स्वर्गीय राजा त्रिभुवनले प्रयोग गरेको फोर्ड कम्पनी क्यानडाद्वारा निर्मित काठको क्यारियर भएको पिक अफ ट्रक राखिएको छ, उक्त ट्रक सिकारमा पनि प्रयोग हुने गरेको जानकारहरूले बताएका छन् ।

त्यस्तै स्वर्गीय राजा त्रिभुवनले नै प्रयोग गरेको फोर्ड कम्पनीद्वारा निर्मित फ्यामिली कार (बा.अ. २ ) पनि प्रदर्शनीमा राखिएको छ भने स्वर्गीय राजा महेन्द्रले प्रयोग गरेको १९६३ मोडलको कार पनि प्रदर्शनीमा राखिएको छ, उक्त मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारहरूले बताएको सङ्ग्रहालयमा सूचना अधिकृत बुद्धि गुरुङले जानकारी दिए।

तीन वटै गाडीहरूका भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकोमा भौतिक मर्मत तथा रंगरोगन गरी प्रदर्शनमा राखिएको सङ्ग्रहालयले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : २५ बजे

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका

कांग्रेस,एमाले र नेकपा भन्छन्: प्रतिनिधिसभामा गठबन्धन गरेर जाने छलफल भएको छैन

काठमाडौं – गणतन्त्र पक्षधर दलले राष्ट्रिय सभामा भागबण्डा मिलाएर जाने

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली