भारतमा थप १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि « Khabarhub

भारतमा थप १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

यससँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब चार करोड ३९ लाख ३८ हजार ७६४ पुगेको छ ।

हाल यहाँ एक लाख ४५ हजार २६ सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा २० हजार सात ४२ सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ६७ हजार पाँच ७१ हजार पाँच भन्दाबढी पुगेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ५७ जनाको मृत्यु भएको छ ।

यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार एक सय ६७ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ ।

सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ३९ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको