शिक्षालाई प्रमाणपत्र पाउने मध्यम बनाइयो : सञ्चारमन्त्री कार्की « Khabarhub

शिक्षालाई प्रमाणपत्र पाउने मध्यम बनाइयो : सञ्चारमन्त्री कार्की


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेथाञ्चोक (काभ्रे)- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षाको प्रादुर्भाव नभएको भए सभ्य र सुन्दर समाज निर्माण गर्न नसकिने बताएका छन् ।

मंगलबार पार्वती बहुमुखी क्याम्पसको उद्घाटन गर्दै उनले शिक्षालाई अहिलेको बदलिँदो परिस्थितिअनुसार निर्माण गर्न नसकिएको उनको भनाइ छ ।

मन्त्री कार्कीले शिक्षा भनेको प्रमाणपत्र प्राप्त गर्ने माध्यमजस्तो मात्र मात्रै भएको बताए । मुलुकमा दुई किसिमको युवा जनशक्ति रहेको चर्चा गर्दै उनले एउटा गाउँबाट आएको सामान्य शिक्षा लिएर सहर पस्ने, तर त्यहाँ आकाङ्क्षा, आवश्यकता पूरा नभएपछि देश छाडेर खाडी देशमा जाने अनि डर्टी, डिफिकल्ट र डेञ्जर काम गर्ने गरेको उल्लेख गरे । तर त्यही जनशक्तिले मुलुकमा रेमिट्यान्स पठाउने र त्यसैले देश चल्ने गरेको उनको भनाइ थियो ।

वरिष्ठ पत्रकार परशुराम घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा सञ्चारमन्त्री कार्की, संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, रामहरि सुवेदी, पूर्व राज्यमन्त्री कञ्चनचन्द्रवादे श्रेष्ठ, संविधानसभा सदस्य तीर्थबहादुर लामा, डा.बलराम तिमल्सिनालगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : १६ बजे

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर