पिता बने प्रशान्त  | Khabarhub Khabarhub

पिता बने प्रशान्त 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक तथा अभिनेता प्रशान्त तामाङ बुवा बनेका छन् । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा पुत्रीलाई जन्म दिएका छन् । आफू बुवा बनेको खबर सामाजिक सञ्जालबाट जानकारी गराउँदै प्रशान्तले खुसी बाँडेका छन् । बुवा बनेपछि उनी सामाजिक सञ्जालमा लेख्छन् ,‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद।’ 

उनले छोरीको नाम पनि आरिया राखेका छन् । पर्सियन भाषामा आरियाको अर्थ ‘नयाँ’ र अल्बानियाली भाषामा बहुमूल्य धातु सुन र खजाना भन्ने हुन्छ । इण्डियन आइडल सिजन ३ का विजेता समेत रहेका प्रशान्त र एयर होस्टेस समेत रहेकी मार्थाले तीन वर्षअघि विवाह गरेका थिए । प्रशान्त भने पछिल्लो समय गायनसँगै अभिनयमा सक्रिय छन्।  नेपाली फिल्ममा ‘गोर्खा पल्टन’ बाट अभिनय गरिरहेका प्रशान्तले अभिनय गरेको पछिल्लो फिल्म ‘रदेशी २’ हो। यो उनकै अभिनय रहेको फिल्म ‘परदेशी’ को नयाँ सिरिज हो।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : १९ बजे

राजविराजमा मन्त्रीमाथि भएको आक्रमणबारे छानबिन हुने

जनकपुरधाम– सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा मन्त्रीमाथि भएको

काेशीकाे नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का

प्रधानमन्त्री दाहाल, ओली र नेपालबीच वार्ता, एकीकृत समाजवादीले मधेसमा सघाउने

काठमाडौं– सत्ता सहयात्री दल प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष

विकासका परियोजनामा थप मेहनत गर्न रक्षामन्त्रीको निर्देशन

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले रक्षामन्त्रालयअन्तर्गतका निकायले सञ्चालन गरेका विकास–निर्माणका परियोजनामा

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं– लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१-८२ को नीति तथा