गीत रुचाइएपछि फेरियो शीर्षक « Khabarhub

गीत रुचाइएपछि फेरियो शीर्षक


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘कृष्ण-लीला’ को सार्वजनिक पछिल्लो गीत ‘ए मेरो हजुर’ लाई दर्शकले रुचाएका छन् । विशेषतः गीतलाई टिकटकमा मन पराइएको छ। टिकटकमा ‘अटल वाचाँ गरेँ’ बोलको लाइन हिट भएपछि गीतको बोल नै यहीँ बनाइएको छ।  गीतको पहिलेको बोल ए मेरो हजुर हटाएर अहिले ‘अटल बाचा गरेँ’ राखिएको छ। 

रबि ओड र सुनीता कार्कीको स्वरमा रहेको ‘ए मेरो हजुर’ छोटो समयमै सम्भवतः सर्वाधिक टिकटक बन्ने पाश्र्व गीतका रुपमा कहलिएको छ । एक महिनाअघि सार्वजनीक भएको गीतको ‘अटल वाचा गरें’, ‘अघाउँदैनन् कहिल्यै आँखा मेरा’ र ‘मेरो ध्यान त्यतै तानीसक्यौ तिम्ले’ बोलमा सेलिब्रेटीदेखि लिएर सर्वसाधरणले समेत अधिक मात्रामा टिकटक बनाएका छन् । डा. डिआर उपाध्यायले लेखेको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर छन् । बाबुल गिरीको संगीत, माइकल चन्दको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शिलन लम्सालले सम्पादन गरेको गीत ५२ सय मिटर माथिको तिलिचो ताल क्षेत्रमा खिचिएको हो ।

भदौ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्म  ‘कृष्ण–लीला’ को  ‘त्यो कथामा एउटा राजा एउटी रानी भैदियोस्’  यस अगाडि नै सफल भइसकेको छ। दीपक ओलीको निर्देशनमा बनेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन । फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकार आयुष मुख्य भूमिकामा छन् । रंगपत्रकार लक्ष्मण सुवेदीद्वारा लिखित फिल्म पाँचथर, इलाम, झापाका रमणीय स्थलमा छायांकन गरिएको हो । 

शिव ढकालले खिचेको फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मको बितरण पनि निर्माण ब्यानर आरआर फिल्मस्ले गर्दैछ । 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : ३९ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको