नेपाललाई प्रसुनले प्रतिनिधित्व गर्ने  « Khabarhub

नेपाललाई प्रसुनले प्रतिनिधित्व गर्ने 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको गायन प्रतिभा प्रसुनजंग पोखरेलले थाइल्याण्डमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा  विभिन्न देशका गायन प्रतिभासँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्। कक्षा ९ मा अध्ययनरत  काठमाडौंका प्रसुनजंग पोखरेलले आगामी साता थाइल्याण्डको बैंककमा हुने अन्तराष्ट्रिय प्रतियोगिता टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो गायन कला प्रस्तुत गर्ने अवसर पाएका हुन्। 

कार्यक्रम डीएसए (डान्स, सिंगिङ एन्ड एक्टिङ) सिंगिङ स्टार २०१९ को विजेता भएबापत प्रसुनले सो अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। उक्त प्रतियोगितामा गायनबाट प्रतिनिधित्व गर्ने उनी एक्लो प्रतिस्पर्धी हुन्। देशभरका विभिन्न विद्यालयका करिव हजार जना प्रतिस्पर्धीमध्ये ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गरेका एक सय चार विद्यार्थीलाई पछाडि पार्दै डीएसए सिंगिङ स्टारमा गायन विधाको विजयी बनेका १४ वर्षीय प्रसुनले टिन स्टार इन्टरनेशनलमा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका सयौँ प्रतिभाका बीच आफूलाई प्रतिस्पर्धामा उतार्नेछन्।

सौन्दर्य प्रतियोगिताको शैलीमा हुने सो अन्तराष्ट्रिय प्रतियोगितामा प्रसुनले परिचय राउन्डदेखि ट्यालेन्ट, नेशनल ड्रेसजस्ता विभिन्न चरणमा आफूलाई प्रस्तुत गर्ने बताए । प्रसुनले प्रतियोगितामा स्पर्धा गर्ने क्रममा ट्यालेन्ट राउण्डमा गीत प्रस्तुत गर्ने तथा ड्रेस राउण्डमा राष्ट्रिय पोशाकमा सहभागी भई देशलाई अन्तराष्ट्रिय मञ्चमा चिनाउने तयारी गरेको बताए।

सानैदेखि गायनमा रुचि राख्ने प्रसुन विद्यालयका कार्यक्रममा गीत गाउने गर्थे। सोही क्रममा डीएसए स्टारका लागि विद्यालयमा आयोजित अडिसनमा सहभागी भएका उनी  प्रतिस्पर्धाको विजयी नै बन्न पुगेका थिए। उपाधि विजेता भएसँगै उनले साथी बोलको गीत पनि रेकर्ड गराएका छन्। जसमा उनलाई संगीत र स्वरमा टंक बुढाथोकीले साथ दिएका छन्। गीतमाथिको भिडियोमा प्रसुनले अभिनेता राजेश हमालका साथ अभिनयसमेत गरेका छन्। 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : ५२ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी