अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउने  | Khabarhub Khabarhub

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउने 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही समयपछि उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी नेपाल भ्रमणमा आउने सार्वजनिक भइरहँदा आज संसदीय समितिले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीमा नेपाल सहभागी नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गरेको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : ०६ बजे

काठमाडौं महानगरले थाल्यो सेवाग्राही सर्वेक्षण कार्यक्रम

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि स्वर्णिम योजनाअन्तर्गत ‘साथी महानगर’ सेवाग्राही सर्वेक्षण

बागमती प्रदेशमा ७० प्रतिशत रोपाइँ सम्पन्न

मकवानपुर– बागमती प्रदेशमा हालसम्म ७० प्रतिशत रोपाइँ सकिएको छ ।

कांग्रेससँगै लोसपा पनि मधेश सरकारमा मिसियो, रानीकुमारी शिक्षामन्त्री

जनकपुरधाम– मधेश प्रदेश सरकारमा नेपाली कांग्रेससँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी

रुवान्डाको राष्ट्रपतिमा पुनः कागामे

एजेन्सी-  रुवान्डाका शक्तिशाली राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि पुनः

मुकुलको आरोपबारे स्वर्णिम भन्छन्- ‘गँजडी’हरूलाई जवाफ दिइरहनु पर्दैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निलम्बित मुकुल ढकालले गत असार