बढुवा भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

बढुवा भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ ।

मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबिच दर्ज्यानी चिन्ह सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक २ जना, प्रशासनतर्फका प्रहरी उपरीक्षक ३६ जना, प्राविधिकतर्फका प्रहरी उपरीक्षक १२ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक १ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक ८ जना रहेका छन् ।

महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई आ-आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी संगठनले राम्रो व्यक्तिलाई पदोन्नति गरेको रहेछ भन्ने अनुभूति हुने गरी काम गर्न निर्देशन दिए।

उनले आ-आफ्नो योग्यता अनुसारको विशिष्टीकृत विधाहरूमा दत्तचित्त भएर सेवा भावका साथ काम गर्ने विश्वास व्यक्त गर्दै चिकित्सकहरूले अस्पतालमा आउने सम्पूर्ण बिरामीलाई आफ्नै घरमा अभिभावक स्वंयले नै हेरचाह र ख्याल गरिरहेको महसुस हुने गरी स्वास्थ्य सेवा र उपचार प्रदान गर्नुपर्नेमा जोड दिए ।

महानिरीक्षक सिंहले प्रहरी संगठन आफैमा गतिशील हुने र सरुवा बढुवा लगायतमा सबै कर्मचारीहरूको समान मूल्याङ्कन हुने भएकोले अझै बढी कटिबद्ध एवं अनुशासनमा रही कार्य सम्पादन गर्नुपर्ने बताए ।

समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामीले विज्ञान प्रविधिमा भएको विकासको दुरुपयोगका कारण अपराधको क्षेत्रमा देखा परेका नवीनतम चुनौतीको सामना गर्न नेपाल प्रहरीको कार्य योजना, संगठनको मूल्य मान्यता र नीति नियमको अधीनमा रही इमानदारिताका साथ थप सक्रिय भई कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : २५ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति