पाकिस्तानमा आफ्नै श्रीमतीको हत्या गरी पानीमा उमालेको घटना बाहिरियो, हत्यारा फरार « Khabarhub

पाकिस्तानमा आफ्नै श्रीमतीको हत्या गरी पानीमा उमालेको घटना बाहिरियो, हत्यारा फरार


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा अर्को अमानवीय घटनाको खुलासा भएको छ ।

पाकिस्तानबाट प्रसारण हुने जियो न्युज टेलिभिजन च्यानलका अनुसार मुलुकको कराँची सहरमा ६ सन्तानका पिता एक जना श्रीमान्ले छोराछोरीकै अगाडी श्रीमतीको हत्या गरी पानीमा उमालेको घटना सार्वजनिक भएको हो ।

कराँचीको गुल्सन ए इकबालमा रहेको एक विद्यालयको भान्साघरमा महिलाको क्षतविक्षत शव फेला परेपछि घटनाको खुलासा भएको हो ।

घटनापछि पीडितकी १५ वर्षे छोरीले प्रहरीलाई जानकारी गराएकी थिइन् । हत्या गरिएकी महिलाको नाम नरगिस रहेको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

आशिक नाम गरेका उनका श्रीमान् सोही निजी विद्यालयमा चौकीदारको रुपमा कार्यरत रहेको र घटनापछि उनी फरार रहेको जनाइएको छ । फरार आशिकले आफ्ना तीन सन्तानलाई पनि लिएर गएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ९ : ११ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको