छुवाछूतका घटना घट्न नदिन निरोधात्मक कार्य गर्न निर्देशन « Khabarhub

छुवाछूतका घटना घट्न नदिन निरोधात्मक कार्य गर्न निर्देशन


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले  जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना घट्न नदिनका लागि निरोधात्मक कार्य गर्न राष्ट्रिय दलित आयोगलाई निर्देशन दिएको छ ।

उक्त समितिको आजको बैठकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी  घटना घटिसकेपछि सोको सम्बन्धमा आयोगले उपचारात्मक कार्यका लागि पहल गर्दै आएको  विषय सराहनीय रहेको भन्दै त्यस्ता किसिमका घटना घट्नै नदिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको हो ।

समयको साथै अन्य स्रोतसाधनको लगानीको प्रतिफल कत्तिको सन्तोषजनक छ वा सन्तोषजनक परिणामको लागि सुधार गर्नुपर्ने विषयको बारेमा अध्ययन, हालसम्मको उपलब्धि मापन गर्न पनि समितिले निर्देशन दिएको छ ।

न्यायसङ्गत सम्बोधन हुने गरी कार्यसम्पादन गर्न र आयोगले हालसम्म गरेका नीतिगत सिफारिसको कार्यान्वयनको अवस्था विश्लेषण गर्न पनि भनिएको छ । आयोगले काम गर्नुपर्ने समुदायको अझ थप विश्वास आर्जन गर्न सक्ने गरी प्रभावकारी कार्यसम्पादन गर्न दलित आयोगलाई निर्देशन दिइएको छ ।

आयोगमा दरबन्दीअनुसार कर्मचारी उपलब्ध नगराएको र उपलब्ध कर्मचारी पनि छिटोछिटो सरुवा भएर अन्यत्र जाने हुँदा र यसबाट आयोगको कार्यसम्पादनमा प्रतिकूल प्रभाव पर्ने गरेको विषयलाई समाधान गर्न गराउन समितिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि  निर्देशन गरेको छ ।

स्थापनाको दुई दशक र संवैधानिक  मान्यता प्राप्त गरी कार्यसम्पादन गरेको सात वर्ष पूरा गर्दासमेत दलित समुदायको बहु आयामिक, बहुपक्षीय वा समग्रताको विषयमा आशाअनुरूप प्रगति गर्न नसकेको विषयमाथि बैठकमा छलफल भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : ५० बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति