बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन अभियान सञ्चालन « Khabarhub

बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन अभियान सञ्चालन


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जले पर्यापर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरेको छ ।

निकुञ्जमा पूर्वाधार तयार गर्दै पर्यापर्यटनका लागि प्रकृति तथा संस्कृतिमा असर नपर्ने गरी संरक्षण गतिविधिमा स्थानीय जनसहभागिता बढाउने र जीवजन्तु तथा सांस्कृतिक सम्पदा जस्ता विविध पक्षलाई समेट्ने क्रियाकलाप भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।

उनका अनुसार निकुञ्जमा पर्यटनको सम्भावनालाई चिनाउन प्रचारप्रसार र प्रकृतिमा आधारित पर्यापर्यटन प्रवर्द्धनमा जोड दिन थालिएको छ । वन्यजन्तु र मानवबीच हुने द्वन्द्वलाई निकुञ्जका साथै सुरक्षाकर्मी, संरक्षणकर्मी र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले सहकार्यबाट न्यूनीकरण गर्दै आएका छन् । नेपालको कान्छो निकुञ्जको रुपमा चिनिने बाँके राष्ट्रिय निकुञ्जले छोटो अवधिमै संरक्षणमा फड्को मार्दै पर्यापर्यटन प्रवर्द्धनका लागि अगाडि बढेको छ । निकुञ्जमा पूर्वाधार तयार गर्दै पर्यापर्यटनका लागि आकर्षणको केन्द्र बन्न थालेको छ । बाघ संरक्षणको मुख्य उद्देश्य रहेको बाँके निकुञ्जमा बाघको सङ्ख्या बढेर २५ पुगेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज पर्यापर्यटन प्रवर्द्धनका लागि सरोकारवाला निकाय जुर्मुराउन थालेका छन् । सरोकारवाला निकायबीचको समन्वय र सहकार्यबाट बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन विकास गर्न लागिएको निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकी संस्थापक अध्यक्ष सावित्रा पुनले बताए । बाँके निकुञ्ज नेपालका एक सय गन्तव्यमा ५७औँ स्थानमा पर्दछ । विसं २०६७ मा बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके निकुञ्जमा २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ्ख्या बढेर २५ पुगेको निकुञ्जले जनाएको छ ।

जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यापर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप काम भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले जानकारी दिए।

करिब पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी, चरा, सरिसृप, प्रजाति पाइन्छ । मुख्यतः बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति पनि एक विशेषताका रुपमा देखिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा जिप, हात्ती सफारी, जङ्गल भ्रमण, चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, होमस्टे, र्‍याफ्टिङ लगायतका प्याकेजले आन्तरिक पर्यटन प्रवर्द्धन हुँदै गएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ९ : ४५ बजे

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा– ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी

विभिन्न घटकलाई एकीकृत गर्दै साहको अध्यक्षतामा कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन 

काठमाडौं– कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

सावाखोलामा पक्की पुल निर्माण

खोटाङ– सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँको लागतमा मोटरकारलगायत