भीमसेन सतल भक्तपुर नगरपालिकालाई हस्तान्तरण  « Khabarhub

 भीमसेन सतल भक्तपुर नगरपालिकालाई हस्तान्तरण 


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे परिवारको नाममा रहेको निजी गुठीको एउटा सतलघर भक्तपुर  नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सय दिनको अवसरमा शनिबार निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेंका माहिला छोरा प्रयागमान बिजुक्छेँमार्फत नगरप्रमुख सुनिल प्रजापतिलाई सत्तल हस्तान्तरण गरिएको हो । 

गणेशमान नारायणमानका पिता हुन् । गणेशमानका पाँच छोरामध्ये नारायणमान जेठा छोरा हुन् । हस्तान्तरण कार्यक्रममा बिजुक्छें दाजुभाईइका कान्छो भाई एवं भक्तपुर नगरपालिका-५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छेले भीमसेन सतलको इतिहासबारे बताएका थिए । सत्तललाई जोडेर विपक्षीले सधैँ राजनीतिक मुद्दा बनाएको र अब उनीहरूले त्यो मुद्दा बनाउन नसक्ने बताए । विविध कारणले पहिलादेखि नै उक्त सतल नगरपालिकालाई हस्तान्तरण गर्न नपाएको उनले बताए ।

सत्तल हाल भक्तपुर नगरपालिका-५ सुकुलढोकामा पर्छ । यहाँ पहिला भीम आदर्श निम्न माध्यमिक विद्यालय रहेकोले यस स्कुललाई भीम आदर्श स्कुलको सत्तल भनी धेरै चिन्दछन् । सतल दुई कितामा विभाजित छ । दुवै कित्ताको सतल हस्तान्तरण गरिएको हो । एक आना दुई पैसा दुई दाम र एक आना एक पैसा गरी दुई कितामा सत्तल छ । 

कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकामा हस्तान्तरण गरिएको सतलको इतिहासबारे थप अनुसन्धान गरी आवश्यकताअनुसार संरक्षण गर्ने बचन दिए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  २ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्