आधुनिक घर निर्माणमा प्रतिबन्ध « Khabarhub

आधुनिक घर निर्माणमा प्रतिबन्ध


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पहाडकी रानी उपनामले परिचित बन्दीपुर क्षेत्रमा आधुनिक घर निर्माणमा प्रतिबन्ध लगाइएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले आधुनिक घर बनाउनेका लागि नक्सापास रोकिदिएको छ । गाउँपालिकाले मौलिक घर संरक्षण कार्यलाई प्राथामिकता दिएर योजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । नमूना सहरको रूपमा ख्याति कमाएको बन्दीपुरको साख जोगाइराख्नका लागि अब बन्ने घर निर्माणमा अनिवार्यरूपमा पिलर छोपिने गरी परम्परागत शैली झल्किने किसिमको बनाउन निर्णय भएको उनले बताए ।

बन्दीपुर गाउँपालिकाको वडा नं २ र ४ को बन्दीपुर टाउन क्षेत्रमा आधुनिक किसिमका घर निर्माण नगर्न कडाइ गरिएको छ । आधुनिक घरले मौलिकता गुमाउने हुँदा त्यसमा प्रतिबन्ध लगाइएको अध्यक्ष थापाले जानकारी ।

आरसिसी घर बनाए पनि परम्परागत शैली झल्किने, सटर राख्न नपाउने र झ्यालढोका काठको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । बन्दीपुरका परम्परागत घरहरूमा काठका बुट्टा भएका झ्याल, ढोका तथा बरण्डा, इँटा बाहिर देखिने प्यागोडा शैलीका घरले बन्दीपुरको मुख्य आकर्षण बढाएको छ । उक्त क्षेत्रमा घर बनाउने व्यक्तिलाई सटर तथा च्यानलगेट र आल्मुनियमका झ्यालढोका राख्न प्रतिबन्ध लगाइएको छ ।

सालको काठ महँगो पर्ने भएकाले सामुदायिक वनसँग सहकार्य गरी सुलभ दरमा घर निर्माणका लागि काठ उपलब्ध गराउन लागिएको छ । पर्यटकीयस्थल भएकाले मौलिक घरले व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने हुँदा सहुलियत दरमा काठ खरिदका लागि व्यवस्था मिलाइएको गाउँपालिका कार्यालयले जनाएको छ । 

बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै नयाँ घर बन्ने क्रम पनि उत्तिकै बढ्दै गएको छ । बन्दीपुरबाट धवलागिरिदेखि अन्नपूर्ण माछापुच्छ्रे, मनासलु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खलाका सयौँ चुचुरा सजिलै देख्न सकिन्छ । 

प्रमुख आकर्षण मौलिक घरका अतिरिक्त विभिन्न जातजातिको कला, संस्कृति, ढुङ्गा बिछ्याइएका बाटो, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, सहिदपार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, प्याराग्लाइडिङ आदि हुन् । 

बन्दीपुरबाट आधाघण्टा ओरालोमा एसियाकै ठूलो मानिने सिद्धगुफा अवलोकन, मस्र्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्टान आरोहण र मनोरम दृश्यले पर्यटक लोभिने गर्दछन् । एकपटक बन्दीपुर घुम्न आएका पर्यटक पटक-पटक दोहोर्‍याएर आउने गरेको होटल व्यवसायी बैंश गुरुङले बताए । 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ३ : ०८ बजे

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित