मलकाे अभाव छिट्टै हट्छ : कृषिमन्त्री यादव « Khabarhub

मलकाे अभाव छिट्टै हट्छ : कृषिमन्त्री यादव


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानले खेप्दै आएको रासायनिक मल अभावको समस्या चाँडै समाधान हुने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालले सप्तरीको राजविराजमा आज आयोजना गरेको कार्यक्रममा उनले मल आपूर्तिका लागि समयमै ‘ग्लोबल टेन्डर’ आह्वान भए पनि अन्तर्राष्ट्रिय बजारमा अभाव हुँदा नेपालले मल पाउन नसकेको स्पष्ट पारे ।

भारतको कोलकातामा करिब ३० हजार मेट्रिकटन रासायनिक मल आइपुगेको जानकारी दिँदै उनले चाँडै नै कृषकले मल पाउने दाबी गरे ।

‘अरु रासायनिक मल ल्याउने व्यवस्था सरकारले मिलाएको छ’ उनले भने, ‘आगामी दिनमा अभाव हुन नदिन समयमै पर्याप्त मलको व्यवस्था गरिन्छ ।’

कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २० वर्षमा हुन नसकेको विकास काम जसपा नेपाल नेतृत्वको सरकारले पाँच वर्षमा पूरा गरेको दाबी गरे ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ९ : ५१ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै