मलकाे अभाव छिट्टै हट्छ : कृषिमन्त्री यादव « Khabarhub

मलकाे अभाव छिट्टै हट्छ : कृषिमन्त्री यादव


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानले खेप्दै आएको रासायनिक मल अभावको समस्या चाँडै समाधान हुने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालले सप्तरीको राजविराजमा आज आयोजना गरेको कार्यक्रममा उनले मल आपूर्तिका लागि समयमै ‘ग्लोबल टेन्डर’ आह्वान भए पनि अन्तर्राष्ट्रिय बजारमा अभाव हुँदा नेपालले मल पाउन नसकेको स्पष्ट पारे ।

भारतको कोलकातामा करिब ३० हजार मेट्रिकटन रासायनिक मल आइपुगेको जानकारी दिँदै उनले चाँडै नै कृषकले मल पाउने दाबी गरे ।

‘अरु रासायनिक मल ल्याउने व्यवस्था सरकारले मिलाएको छ’ उनले भने, ‘आगामी दिनमा अभाव हुन नदिन समयमै पर्याप्त मलको व्यवस्था गरिन्छ ।’

कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २० वर्षमा हुन नसकेको विकास काम जसपा नेपाल नेतृत्वको सरकारले पाँच वर्षमा पूरा गरेको दाबी गरे ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ९ : ५१ बजे

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका

आगामी निर्वाचनमा म्याग्दीमा उज्यालो नेपाल पार्टीको समर्थन पुनलाई

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनमा