आज मंगलबार के कस्ता कामकाजहरु गर्नु राम्रो मानिन्छ र के गर्नु हुँदैन ? ज्योतिष शास्त्र यसो भन्छ- | Khabarhub Khabarhub

आज मंगलबार के कस्ता कामकाजहरु गर्नु राम्रो मानिन्छ र के गर्नु हुँदैन ? ज्योतिष शास्त्र यसो भन्छ-


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज मंगलबार हामी शास्त्रीय ज्योतिष शास्त्र अनुसार के कस्ता कामकाजहरू गर्नु राम्रो मानिन्छ र के कस्ता कामकाजहरू गर्नु हुँदैन भन्ने विषयहरूको जानकारी गराउँछौँ ।

ज्योतिषिय ग्रन्थहरूमा मंगल ग्रहको बार मंगलबार भएको हुनाले मंगलबारलाई खरो बारको रूपमा र पाप ग्रहको बारको रूपमा लिइएको पाइन्छ । खरो र तातो स्वभावको ग्रहको बार भएको हुनाले लामो समयसम्म दिगो रहन पर्ने कामकाजहरू मंगलबार गर्नु राम्रो मानिँदैन ।

नेपाली समाजमा पनि ज्योतिषिय ग्रन्थहरूकै प्रभावका कारण “मंगलको भेट र शनिको छुट्टी” राम्रो हुँदैन भन्ने लोकोक्ति रहेको छ । त्यसकारण यस बारमा सकेसम्म नयाँ घरको शरुवात, सम्बन्ध जोड्ने विवाह, व्रतबन्ध, स्वयंवर, बस्तुभाउको किनबेच, नयाँ पसलको ओपनिगं, मित लगाउने काम आदि नगर्नु नै भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ । यस दिन यी कार्यहरू गरेमा मंगल ग्रहको प्रभावले आपसी झै झगडा, मनमुटाब र शुभ नहुने कुराहरू ज्योतिष शास्त्रमा बताइएको छ ।

ज्योतिषिय ग्रन्थहरूमा राम्रा र नराम्रा अर्थात् शुभ र अशुभ सबै किसिमका कामकाजहरू गर्नको लागि समय, बार, बेला, मुहूर्त र पञ्चांग आदि सबै कुराहरुको निर्देशन गरिएको छ । मंगबार खरो किसिमका कामकाजहरू गर्नु शुभ हुने मानिन्छ । सामान्यतया ज्योतिषीय ग्रन्थहरूमा मंगल ग्रहलाई पापी, क्रूर, तातो र अशुभ ग्रह को रूपमा मानिन्छ । ​त्यसकारण यसबार शुभकार्यहरु को प्रारम्भ गर्नु ज्योतिष शास्त्रहरुमा निषेध नै गरेको छ ।

​ज्योतिष शास्त्रहरूका अनुसार यस दिन चुगुलखोरी गर्नु र असत्य कार्यहरू गर्नु भन्ने उल्लेख गरिएको छ । चोरी गर्नु जस्ता लोक विरुद्धका कार्यहरू पनि यस दिन गर्नु राम्रो मानिन्छ । विष अर्थात् पोइजनहरूको कामकाजको लागि मंगलबार नै राम्रो हुने बताइन्छ ।

आगोको काम, बिजुलीको कामकाज पनि यही दिन गर्नु राम्रो हुन्छ भन्ने शास्त्रीय मान्यताहरू रहेको छ । मंगलबारलाई ज्योतिष शास्त्रमा आगोसँग सम्बन्धित बार मानिन्छ । त्यसैगरि होटल व्यवसायहरू पनि प्रारम्भ गर्नको लागि सामान्य बारहरूको विचार गर्दा यस दिनलाई राम्रो मानिन्छ । हातहतियार, गोली गठ्ठा, बारुद, बम आदिको काम पनि यसै दिन गर्नु ज्योतिष शास्त्रका अनुसार राम्रो मानिन्छ ।

मंगलबार बारहरू मध्ये सबैभन्दा कडा बार भएको हुनाले यस दिन मुद्दा मामिला,, वादविवाद र झगडा गर्ने खालको कामलाई राम्रो मानिन्छ । धातु, खजाना, विभिन्न प्रकारका रत्नहरूको काम पनि यस दिन शुभ हुने गर्दछ । सुन , मुगा, तामा आदिको कामकाज पनि ज्योतिष शास्त्र अनुसार मंगल ग्रहकै स्वामित्व भित्र पर्ने भएकाले यी विषयहरू सम्बन्धित कामकाज पनि मंगलबार नै राम्रो मानिन्छ ।

मंगल ग्रहलाई भूमि अर्थात् पृथ्वीको छोरा मानिने भएकाले यस दिन घर जग्गा सम्बन्धी कामकाजहरू पनि राम्रो हुने मानिन्छ । त्यसैगरि साहसी खेलकुद तथा हिम्मतिला कामकाजहरू पनि मंगलबार नै गर्नु राम्रो हुने ज्योतिष शास्त्रहरूको मान्यता रहेको छ ।

यदि जन्म कुण्डलीमा मंगल ग्रह कमजोर अवस्थामा रहेको छ मंगल ग्रहले त्यस मानिसको जीवनमा सकारात्मक फल दिन सक्दैन । त्यसकारण त्यस्ता व्यक्तिहरूले मंगल ग्रहले दिने शुभ फलको वृद्धिको लागि मंगलबारको व्रत गर्नुपर्दछ । यस दिन गणेशको पूजा गर्नाले पनि मानिसका मंगल ग्रहले दिने सबै दोषहरु नाश भएर जाने कुरा ज्योतिष शास्त्रहरुमा वर्णन गरिएको छ ।

मंगल ग्रह कुण्डलीमा कमजोर भएमा मानिसलाई छिटो रिस उठ्ने, क्रोधित हुने, स्थिर हुन नसक्ने जस्ता समस्याहरू देखा पर्ने गर्दछन् भने कसै कसैलाई यसको प्रभावले निकै डर लाग्ने पनि हुने गर्दछ । मंगल ग्रहको खराब अवस्था भएमा मानिसलाई चोटपटकको सम्भावनाहरू धेरै हुने गर्दछ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : १७ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको