मनास्लु हिमपहिरो : १ जनाको मृत्यु, १० जनाको सकुशल उद्धार « Khabarhub

मनास्लु हिमपहिरो : १ जनाको मृत्यु, १० जनाको सकुशल उद्धार


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

गोरखा- उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडौँको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको उनले बताए। हिमपहिरामा परेका अन्य १० जनाको भने सकुशल उद्धार गरिएको प्रउ खनालले जानकारी दिए। सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप छ जनाको आज बिहान उद्धार गरिएको उनले बताए।

आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्धार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्धार गरेर सामागाउँ ल्याइएको प्रउ खनालले जानकारी दिए। “सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौँ पठाइएको छ”, उनले भने, “उनीहरुको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ ।”

पहिरामा परी उद्धार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेको उनले बताए । हिमपहिरामा परेकाहरुको उद्धारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ५३ बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य