सञ्चालनमा आएनन् सुपथ मूल्य पसल | Khabarhub Khabarhub

सञ्चालनमा आएनन् सुपथ मूल्य पसल


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– दसैँ सुरु भए पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल  आएका छैनन् । सरकारले दसैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दसैँ सुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन । 

साल्ट्र ट्रेडिङ कर्पोरेशन धनगढी प्रदेश कार्यालयका निमित्त प्रमुख तेजबहादुर कुँवरले यस वर्ष साल्ट्र ट्रेडिङसँग नुनबाहेक अन्य सामान नहुँदा सुपथ मूल्य पसल सञ्चालनमा नआएको बताए । ‘सुदूरपश्चिममा कैलालीमा मात्रै पसल सञ्चालनमा छ त्यहाँ पनि बिक्री वितरण न्यून छ’, उनले भने, ‘हामीसँग नुनबाहेक अन्य चिनी तेल अभाव भएका कारण सुपथ मूल्य पसल सञ्चालनमा आउन सकेन ।’

सुपथ मूल्य पसल सञ्चालनका लागि यस वर्ष देशभरिनै चिनी अभाव रहेको उनले बताए । ‘सरकारले नुनमा दुई मात्रै छुट दिएको छ दुईको लागि मात्रै सुपथ मूल्य पसलमा ग्राहक आएनन’, उनले भने, ‘धनगढीमा सञ्चालनमा आएको सुपथ मूल्य पसलमा बिक्री शून्य छ ।’ उनले  सुदूरपश्चिममा कैलालीबाहेक अन्य जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आउन नसकेको बताए ।

विगतका वर्षमा दसैँँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर साल्ट्र ट्रेडिङले सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो । चाडपर्वमा त्यस्ता पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि यहाँ सञ्चालनमा नआउँदा समस्या भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  २ : २६ बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द