सञ्चालनमा आएनन् सुपथ मूल्य पसल « Khabarhub

सञ्चालनमा आएनन् सुपथ मूल्य पसल


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– दसैँ सुरु भए पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल  आएका छैनन् । सरकारले दसैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दसैँ सुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन । 

साल्ट्र ट्रेडिङ कर्पोरेशन धनगढी प्रदेश कार्यालयका निमित्त प्रमुख तेजबहादुर कुँवरले यस वर्ष साल्ट्र ट्रेडिङसँग नुनबाहेक अन्य सामान नहुँदा सुपथ मूल्य पसल सञ्चालनमा नआएको बताए । ‘सुदूरपश्चिममा कैलालीमा मात्रै पसल सञ्चालनमा छ त्यहाँ पनि बिक्री वितरण न्यून छ’, उनले भने, ‘हामीसँग नुनबाहेक अन्य चिनी तेल अभाव भएका कारण सुपथ मूल्य पसल सञ्चालनमा आउन सकेन ।’

सुपथ मूल्य पसल सञ्चालनका लागि यस वर्ष देशभरिनै चिनी अभाव रहेको उनले बताए । ‘सरकारले नुनमा दुई मात्रै छुट दिएको छ दुईको लागि मात्रै सुपथ मूल्य पसलमा ग्राहक आएनन’, उनले भने, ‘धनगढीमा सञ्चालनमा आएको सुपथ मूल्य पसलमा बिक्री शून्य छ ।’ उनले  सुदूरपश्चिममा कैलालीबाहेक अन्य जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आउन नसकेको बताए ।

विगतका वर्षमा दसैँँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर साल्ट्र ट्रेडिङले सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो । चाडपर्वमा त्यस्ता पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि यहाँ सञ्चालनमा नआउँदा समस्या भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  २ : २६ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ