चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता  « Khabarhub

चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता 


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दसैँसहितका चाडबाड लागेसँगै लमजुङका विभिन्न बजारमा प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनकै क्रममा मंगलबार दोर्दी गाउँपालिकामा दर्ताबिना सञ्चालनमा रहेका चार वटा पसल बन्द गरिएको छ । बिनादर्ता सञ्चालनमा रहेको फेला परेपछि पसलहरू बन्द गरिएको हो । 

दोर्दी गाउँपालिका-४ नौथरशेरा बजारमा १८ वटा पसल अनुगमन गर्दा दर्ता नगरी सञ्चालन भएका पसल बन्द गरिएको हो । अनुगमन गरिएकामध्ये चार वटा पसल दर्ताबिना सञ्चालनमा रहेको पाइएकाले दर्ता गरेर मात्र पसल सञ्चालन गर्न निर्देशन गरिएको छ । ती पसललाई तत्कालका लागि पसल बन्द गराइएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ ।

अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेको सामग्री भेटिएको छ । म्याद गुज्रिएको सामग्री जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताइन् । केही खाद्यान्न पसलमा मूल्यसूची नराखिएको, साइनबोर्ड नराखिएको, किराना पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थ इजाजतपत्र नलिई बेचबिखन गरेको पाइएको छ । नौथरशेरामा सञ्चालनमा रहेको शिव किराना पसलले विनाइजाजत सुर्तीजन्य पदार्थ बेचबिखन गरेको पाइएकाले ठूलो मात्रामा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ ।

इजाजतपत्र लिएर मात्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न अनुगमन टोलीले निर्देशन गरेको छ । 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : २१ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा