आंशिक सैन्य परिचालनको निर्णय गर्दा त्रुटि भएको रुसको संकेत « Khabarhub

आंशिक सैन्य परिचालनको निर्णय गर्दा त्रुटि भएको रुसको संकेत


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बढ्दो सार्वजनिक विरोधबीच रुसी प्रशासन क्रेमलिनले युक्रेनमा लड्न आफ्ना नागरिकहरुलाई परिचालन गर्ने निर्णयमा केही त्रुटि भएको संकेत गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले गल्ति भएको संकेत गर्दै त्यसलाई सच्च्याइने बताएका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “केही गल्तीहरु भएका छन् र अवस्थाको सुधारका लागि क्षेत्रीय गभर्नरहरुले काम गरिरहेका छन् ।’’ पुटिनले गत साता युक्रेनमा लड्नका लागि ३ लाख रुसी नागरिकलाई परिचालन गर्ने आदेश दिएका थिए ।

तर, धेरै सैन्य अनुभव नभएका र असक्षम व्यक्तिलाई पनि परिचालनको तयारी गरिएको विभिन्न रिपोर्टमा जनाइएको थियो । परिचालनको विरोधमा रुसभर विरोध प्रदर्शनको आयोजना गरिएको छ । प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

पुटिनले जगेडा सैनिकलाई परिचालन गर्न दिएको आदेशले रुसी सेनाहरू युक्रेनको युद्धभूमिमा नराम्ररी असफल भइरहेको देखाएको पश्चिमा मुलुक एवम् युक्रेनका सैन्य विशेषज्ञहरुले टिप्पणी गरेका छन् । रुसले युक्रेनमाथि हमला सुरु गरेको सात महिनाभन्दा धेरै भएको छ ।

त्यस्तै, पेस्कोभले रुसको सीमा बन्द नभएको समेत स्पष्ट पारेका छन् । हालसम्म रुसले आफ्नो सीमा बन्द गर्नेबारे कुनै निर्णय नगरेको पेस्कोभले बताएका हुन् ।

पुटिनले आशिंक सैनिक परिचालनको घोषणा गरेसँगै पछिल्लो समय रुस छाडेर विदेश जानेको सङ्ख्या ह्वात्तै बढेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीर एवम् भिडियोहरुमा रुसको सीमा नाकामा देश छाड्न चाहने मानिसहरुको लामो लाइन देख्न सकिन्छ ।

यसैबीच, रुसमा विलय हुन स्वघोषित ‘जनमत संग्रह’ को लागि मत संकलन गर्न रुसी कब्जामा रहेका युक्रेनी भूभागमा रुसी सशस्त्र बल घर–घर पुगेका छन् ।

दक्षिणी खेरसनमा मत संकलन गर्न रुसी सुरक्षाकर्मीहरू सहरको बीचमा मतपेटिका लिएर उभिएका बताइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : २८ बजे

प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर

हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू)

काठमाडौं– सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी)

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई