केराको बिमा रकम नपाएपछि किसान आन्दोलित | Khabarhub Khabarhub

केराको बिमा रकम नपाएपछि किसान आन्दोलित


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बिमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् । मंगलबार उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् । 

बिमाबापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका हुन्। पटकपटक माग गर्दा पनि केराको बिमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको दुखेसो छ । उनीहरूले दुई दिनभित्रमा रकम प्राप्त नभए सडक आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

पटकपटक माग गर्दा पनि बीमा कम्पनीले पाउनुपर्ने रकम दिएको छैन अब दशैँ मनाउने पैसा समेत किसानसंग छैन, समयमै केराको बीमाको रकम नपाए बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको अवस्था भएको किसान साधुराम खरेलले बताए । उनले दुई दिनभित्रमा रकम प्राप्त नभए थप सशक्त रुपमा चरणवद्ध आन्दोलन गर्ने बताए । 

यस्तै बिमा रकम माग गर्दै संघका अध्यक्ष एकबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निजगढका किसानहरूको अर्को टोली काठमाडौँ पुगेको छ । टोलीले आइतबार कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोविन्द शर्मासँग भेट गरेर किसानको बिमा रकम तत्काल उपलब्ध गराउन माग गरेको छ ।

तत्कालीन हिमालयन इन्स्योरेन्स कम्पनी हाल हिमाल एभरेष्ट इन्स्योरेन्समार्फत निजगढका किसानले केरा खेतीको बिमा गरेका थिए । निजगढका किसानहरूले कम्पनीसँग बीमाबापतको करिब ६ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । सम्झौताअनुसार बिमा कम्पनीले प्रतिकठ्ठा केराको क्षतिमा किसानलाई १४ हजारदेखि १५ हजार रुपैयासम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ ।

गत वैशाखको दोस्रो हप्ता आएको हुरीले क्षति गरेपछि किसानहरूले सबै प्रकृया पूरा गरेर सोही समयमा बिमा रकम दाबी गरेका हुन । गत वैशाख १६ गते वर्षासँगै आएको हुरीले ५ करोडभन्दा बढी मूल्य बराबरको केरा खेती नष्ट गरेको थियो । 

स्थानीय किसानका निजगढमा करिब १२ सय बिघा केरा खेती गरिएकोमा करिब १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन् ।

केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : ११ बजे

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु