तालिबानले बन्दीहरुको हत्या गरेको राष्ट्रसंघको आरोप | Khabarhub Khabarhub

तालिबानले बन्दीहरुको हत्या गरेको राष्ट्रसंघको आरोप


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा तैनाथ संयुक्त राष्ट्रसंघीय नियोगले तालिबानका लडाकुले मुलुकको पञ्जशीर प्रान्तमा बन्दीहरुको हत्या गरेको आरोप लगाएको छ ।

अफगानिस्तानमा तैनाथ संयुक्त राष्ट्रसंघको नियोग (युनामा) ले तालिबानका लडाकुले बन्दीहरुको हत्या गरेको सूचना ‘विश्वसनीय’ रहेको  जनाएको हो ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युनामा) ले विज्ञप्ति जारी गर्दै मुलुकको पञ्जशीरमा तालिबान लडाकुले बन्दीहरुको हत्या गरेको सूचना विश्वसनीय भएको जनाएको हो ।

उक्त प्रान्तमा नेशनल रेजिस्टेन्स फ्रन्ट एनआरएफ नामक समूहले तालिबानविरुद्ध सशस्त्र अभियान सञ्चालन गर्दै आएको छ ।

अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसका अनुसार केही समयअघि तालिबानका लडाकुले एनआरएफका संदिग्ध लडाकुलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

युनामाले घटनाबारे निष्पक्ष छानबिन गर्न र घटनामा संलग्नलाई कारवाही गर्न समेत तालिबानसमक्ष माग गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : १३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका