कास्कीकोट दरबारमा दसैँ उत्सव सुरु « Khabarhub

कास्कीकोट दरबारमा दसैँ उत्सव सुरु


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट दरबारमा ऐतिहासिक दसैँ उत्सव सुरु भएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष (दुर्गा पक्ष) का अवसरमा विशेष पूजाआजा हुने प्राचीन प्रचलनअनुरूप उक्त समयलाई नवदुर्गा उत्सवका रूपमा मनाउने गरिएको छ ।

यस समयमा तान्त्रिक र वैदिकरूपमा गुप्तकालिका मन्दिरमा घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गर्ने प्रचलन छ ।

दसैँकै अवसरमा लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए । उत्सवका अवसरमा कास्कीकोटमा दसैंको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल, तरबार एवं तोपहरूको पनि प्रदर्शन गरिने उहाँले जानकारी दिए ।

‘संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको प्रवद्र्धनमा सहयोग गरौँ’ भन्ने नारासहित दसैँ उत्सव गर्न लागिएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

कास्कीकोट दरबारमा घटस्थापनाको दिन विधिवत् मन्दिरमा प्रवेश गरिन्छ । सप्तमीको दिन पोखराको रामघाटबाट ल्याइएको फूलपत्र कुँवर जातिको सरुङ खेलसँगै मन्दिरमा भित्र्याउने प्रचलन छ ।

अष्टमीका दिन राति कालरात्रिको पूजा, नवमीका दिन पञ्चबलि र दशमीको दिन गुप्तकालिका मन्दिरमा टीका लगाउने र विधिवत् रूपमा फूल बास्पानीमा लगेर विसर्जन गर्ने प्रचलन रहेको त्रिपाठीले जानकारी दिए।

दसँैका दश दिन दैनिक विभिन्न देवीको पूजा हुने गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पूरा हुने जनविश्वास छ । यस समयमा पोखरासहित विभिन्न स्थानबाट यहाँ भाकलसहित पूजाआजा एवं पञ्चबलिका लागि दर्शनार्थी आउने गर्दछन् ।

लामो समयसम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीले दर्शनसमेत गर्न नपाएको अवस्थामा पूजालाई व्यवस्थित बनाउन पोखरा–२४ वडा कार्यालयले कास्कीकोट दरबारलाई आर्थिक सहयोगसँगै प्रवद्र्धनात्मक सहयोग गरेको वडाध्यक्ष भरतबहादुर अधिकारीले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ०३ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२