पाल्पामा बढ्यो ढाकाको व्यापार « Khabarhub

पाल्पामा बढ्यो ढाकाको व्यापार


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाल्पा – उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् ।

विसं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । “पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला, पुरुष, बालबालिका सबैका लागि थरिथरिका उत्पादन हुन थालेका छन् ।” तानसेनमा ढाकाको व्यापार गर्दै आएकी ज्ञानु कार्की भन्छिन्, “बच्चादेखि वृद्धसम्मलाई शिरदेखि पाउसम्मका सामग्री ढाकाबाट बन्ने गरेका छन् ।”

तिहार भित्रिएसँगै पाल्पाली ढाकाको व्यापार पनि ह्वात्तै बढेको छ । दुई वर्ष कोरोना सङ्क्रमणका कारण ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको हो । कोरोना सङ्क्रमण दर कम भएसँगै तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइलाई ढाकाका सरसामान उपहार दिने चलनले गर्दा ढाकाको व्यापार अन्य समयमा भन्दा बढी हुने गरेको हो । पाल्पाका मुख्य बजार तानसेन, रामपुरलगायत स्थानका ढाका पसलमा दाजुभाइका लागि ढाकाको टोपी, आस्कोट, टाइ, ब्याग र दिदीबहिनीका लागि पछ्यौरा, सारी, कुर्ता सुरुवाल, झोलालगायतका उपहारका सामान किन्नेको भीड बढेको छ ।

तिहारमा टीका र मालाका साथ शिरमा ढाका टोपी लगाउँदा नेपालीपन झल्कने हुँदा यसको प्रयोग बढी हुने गर्दछ । तिहारको दिन दाजुभाइले दिदीबहिनीलाई ढाकाका सारी, पछ्यौरा, झोलालगायतका सामग्री उपहार दिने चलन रहेको तानसेन–२ का उमेश गैरे बताउँछन् । उनी भन्छन्, “ढाकाका सामग्री हेर्दा राम्रो र पाल्पाको पहिचान भएकाले अन्य सामग्रीको सट्टा तुलनामा बढी उपहार दिने गर्दछौँ ।”

एउटा पाल्पाली ढाका टोपीको मूल्य रु एक सयदेखि रु दुई हजार पाँच सयसम्म पर्छ । जिल्लामा २४ पाल्पाली ढाका कपडा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यी उद्योगमा पाँच हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् ।

तानसेनमा ढाका व्यवसाय गर्दै आएकी प्रमिला कार्कीका अनुसार दसैँदेखि तिहारसम्ममा एउटै पसलबाट रु एक लाखदेखि रु पाँच लाखसम्म बिक्री हुने गरेको छ । गत वर्ष रु १० करोड हाराहारीमा कारोबार भएको पाल्पाली ढाका यस वर्ष रु १२ करोडसम्मको कारोबार हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ८ : २० बजे

‘कांग्रेस नेताले लालपुर्जा दिन्छौँ भने, सरकारले डोजर चलायो’

काठमाडौं- ५१ वर्षीय आइतबहादुर तामाङ काठमाडौंको शंखमूलमा रहेको सुकुम्वासी बस्तीमा

अर्थसंक्षेप : नेता छान्दै निजी क्षेत्र, समस्याग्रस्त सहकारीको बचत जेठदेखि फिर्ता गरिने र नेप्सेमा सामान्य अङ्कको सुधार

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने सरकारले

कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा

रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ?

काठमाडौं- गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला

काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा