चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक « Khabarhub

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भरतपुर – नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ। ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन।

सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ। यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ। सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रबन्ध निर्देशक रञ्जन ठाकुरले बताए। उनले भने, “नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ। एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ।”

ठाकुरका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ। तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो। सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो।

दश मिटर चौडाइको सडक निमार्णका लागि दुवैतर्फ छ देखि सात फिट गहिरो ढल खनिएको छ। सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माण प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एउटा हो। यसका लागि रु ६८ करोड २३ लाखमा सम्झौता भएको थियो।

सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने रु ७१ करोड ३८ लाख रहेको सहरी विकास कार्यालयका इञ्जीनियर पुजन न्यौपानेले बताए। कार्यालयले अब रु २१ करोड भुक्तानी गर्न बाँकी छ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ९ : ४० बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि