दिउँसो व्यापार, साँझ र बिहान चुनावी प्रचारप्रसारमा « Khabarhub

दिउँसो व्यापार, साँझ र बिहान चुनावी प्रचारप्रसारमा


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ । हरेक दिन बिहान र साँझ चुनावी प्रचारप्रसारमा व्यस्त रहने उनी दिउँसो भने व्यापार सम्हाल्छन् ।

रावलले पछिल्लो एक दशकदेखि व्यापार र राजनीतिलाई एकै साथ अगाडि बढाइरहेका छन् । आगामी मङ्सिर ४ मा हुन लागेको प्रदेशसभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीकातर्फबाट कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ ९१० बाट उम्मेदवार हुन्। 

रावलको जीवन जति सामान्य छ त्यति नै सामान्य उनको चुनावी प्रचारप्रसार शैली पनि छ । उनी एक्लै मोटरसाइकलमा चुनाव चिह्न अंकित झण्डा फहराउँदै बस्ती–बस्तीमा पुग्छन्। प्रत्येक घरमा चुनावी मुद्दा सुनाउँदै मत माग्छन् ।

‘चुनाव आयो भन्दैमा व्यापार नगर्ने हो भने घर चलाउनै गाह्रो हुन्छ’, रावलले भने, ‘यही व्यापार चलेकै कारण परिवारको खर्च धान्न पुगेको छ ।’‘मसँग चुनावमा खर्च गर्ने धेरै पुँजी छैन र पार्टीको नीति पनि त्यस्तो होइन’, रावलले भने, ‘मोटरसाइकलको इन्धनको पैसा आफै जोहो गरेको छु भने पर्चा छपाइमा पार्टीले खर्च गरेको छ ।’

वर्षौँदेखि सामान्य व्यापारमा संलग्न उनी राजनीतिमार्फत् गरिबी न्यूनीकरण गर्न सकिनेमा विश्वस्त छन्।‘म आफै पनि निकै सङ्घर्ष गरेकाले गरिबी बुझेको छु, जीवनमा आइपर्ने पीडा पनि भोगेको छु’, उनले भने, ‘मैले पाएको दुःख अरुले नपाऊन् भन्ने इच्छा भएकाले राजनीतिमा होमिएको हुँ ।’

रावलका प्रतिस्पर्धीमा नेपकपा (माओवादी केन्द्र)का ओमबिक्रम भाट, नेकपा (एमाले) का बचनबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रकान्त भण्डारी, लोसपा (नेपाल)का जगन्नाथ केसी, नागरिक उन्मुक्ति पार्टीका गीता चौधरी र स्वतन्त्र उम्मेदवार टेकबहादुर हमाल छन्।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  २ : १३ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट