छठ नजिकिँदै जाँदा डोम समुदायलाई भ्याइनभ्याई « Khabarhub

छठ नजिकिँदै जाँदा डोम समुदायलाई भ्याइनभ्याई


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– तराईवासीका महानपर्व छठ नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टालु टपरी बनाउने डोम समुदायलाई अहिले भ्याइनभ्याई भएको छ । सुङ्गुर डोर्‍याएर वर्षैभरी गाउँ–गाउँ चहार्ने तथा गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मेहम्मे पर्ने गरेको महोत्तरीका डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरी आफ्ना जीवनका हरेक दुःख बिर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको महोत्तरी जिल्लाका औरही नगरपालिका–६ की ६० वर्षीया तेतरीदेवी डोमिनले बताए ।

जिल्लाको विभिन्न गाउँ, शहरमा हुने भोजभत्तेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेको डोमले कात्तिकमा नाना थरीका परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ५५ वर्षीया देवकीदेवी डोमिनले बताए । डालो बुन्दै गरेकी जिल्लाको भङ्गहा नगरपालिकाकी ६५ वर्षीया दानादेवी डोमिनले गहभरी आँशु लिएर भनिन्, ‘मालिक १ कात्तिक लाग्ने बितिक्कै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्गलो र टालु टपरी बनाउनमा तल्लीन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निक्कै खुशी हुन्छौँ ।’ तर वर्षभरी काम नचल्नाले फेरि केही दिनपछि दुःख थपिन्छ ।

छठ मनाउने प्रत्येक तराई बासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्गलो र टालु टपरीमा अध्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुडा किन्नुपर्दछ ।

छठ पर्वको आगमनसँगै डोमका घरका आँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वासपूर्ण कुरा बताउँदै गौशाला नगरपालिकाका ५५ वर्षीय शिवजी डोमले आफू सोही कारण दिनरात ब्रतालुको निम्ति बाँसका भाडा बनाउने गरेको सुनाए ।

त्यस्तै जिल्ला सदरमुकाम जलेश्वरका ईन्दल डोमले डालो, नाङ्गलो र टालु टपरी बेचेर कात्तिकमा वर्षभरीकै सबै कर्जा चुक्ता गरेर आउने छौँ महिनाको खर्चबर्चको जोहो गर्न जति कमाई हुने गरेको बताए। जिल्लाको एकडारा गाउँपालिकाका महिन्दर डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्गलो बेचेर प्रतिव्यक्ति २० देखि ३० हजार र प्रत्येक परिवारले दुईरतीन लाखसम्म आम्दानी गर्ने गरेको बताए । 

अहिले जिल्लाको गाउँगाउँमा डोम जातीका प्रत्येक घरमा बाँस र बेंतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेंतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् । दिनदिनै छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुडा पुर्‍याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याई छ ।

एकातिर डोम समुदायलाई बेंत र बाँसका सामग्री बनाउन भ्याइनभ्याई छ भने अर्कोतिर जिल्लाका बजारमा बाँसका भाँडाकुडा किनबेच गर्न पनि व्रतालुको ठूलो भीड लाग्ने गरेको छ । 

 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ५ : २२ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि