यस्तो छ कर्णालीको निर्वाचन नतिजा « Khabarhub

यस्तो छ कर्णालीको निर्वाचन नतिजा


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।

अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी (केन्द्र) र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा (एमाले) शून्यमा झरेको छ ।

विसं २०७४ को निर्वाचनमा कर्णालीका १२ मध्ये छ क्षेत्रमा एमालेले जित हासिल गरेको थियो । तर कर्णालीमा यसपटक प्रतिनिधिसभातर्फ एमाले शून्य भयो । प्रत्यक्ष र समानुपातिक गरी कर्णाली प्रदेशसभा ४० सदस्यीय बन्ने छ । निर्वाचनको नतिजा अनुसार प्रदेशमा बहुमतको सरकार बनाउन २१ सदस्य आवश्यक पर्छ । प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र रहेका दल माओवादी केन्द्र र कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेका छन् भने एमालेले प्रदेशतर्फ पाँच सिटमा जित हात पार्दा एक जना स्वतन्त्र सदस्यमा प्रवेश गर्दै छन् । पार्टीगतरूपमा हेर्दा कांग्रेसका नौ र माओवादी केन्द्रले पनि नौ सिटमा जितेका छन् ।

प्रत्यक्षमा सबै नतिजा आउँदा अहिलेको कांग्रेस माओवादी गठबन्धनले सरकार बनाउने देखिन्छ । कांग्रेस माओवादीको गठबन्धन रहेको खण्डमा समानुपातिकसहितको मत जोड्दा कर्णालीमा दुईतिहाइको सरकार बन्ने देखिन्छ ।

अहिलेसम्मको समानुपातिकको नतिजाको प्रतिशतलाई हेर्ने हो भने कर्णालीमा एमालेको बढीमा पाँच सिट आउने देखिन्छ । एमालेको पाँच सिट समानुपातिकतर्फ आएका खण्डमा उक्त पार्टीको प्रदेशसभा सदस्य सङ्ख्या १० पुग्ने छन् भने गठबन्धनमा आवद्ध दलको समानुपातिकतर्फ ११ सिट आउने देखिन्छ । यसमा माओवादी केन्द्रको छ र कांग्रेसको पाँच सिट समानुपातिकमा आउने सङ्केत देखिन्छ ।

यसरी कांग्रेस र माओवादीका प्रदेशसभा सदस्यको सङ्ख्या २९ हुने छ । बहुमतको सरकार गठनका लागि २१ सदस्य आवश्यक पर्छ भने यी दुवै दलसँग दुइतिहाइभन्दा बढी सदस्य हुनेछन् ।

सत्ता समीकरण बदलिएको खण्डमा तीनवटै पार्टीले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि पहिलो प्रयास गर्नेछन् । समीकरण फेरिएको खण्डमा प्रदेश सरकार गठनका लागि एमाले निर्णायक ‘पोजिसन’मा हुने छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ५७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि