आमनिर्वाचनमा राप्रपाको फड्को | Khabarhub Khabarhub

आमनिर्वाचनमा राप्रपाको फड्को


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालै सम्पन्न आमनिर्वाचनमा राप्रपाले फड्को मारेको छ । २०७४ सालमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार सिटमा सीमित रहेको राप्रपा राष्ट्रिय दलसमेत बन्न सकेको थिएन । 

तर, यसपटक भएको आमनिर्वाचनमा राप्रपाले संसद्मा आफ्नो उपस्थिति राम्रो देखाएको छ । ४ मङ्सिरमा सम्पन्न निर्वाचनको सबै मतपरिणाम आउन बाँकी रहँदा नै राप्रपाका ७ जना संघीय संसद्मा र प्रदेशसभामा ११ जना निर्वाचित भइसकेका छन् । 

केही स्थानका पहिलो हुने निर्वाचित हुने प्रणाालीतर्फको अन्तिम परिणाम आउन बाँकी रहेको र समानुपातिकको मतपरिणाम सार्वजनिक भइसकेको छैन भने सिट बाँडफाँड पनि गरिएको छैन । 

तर, हालसम्म सार्वजनिक मतपरिणाामअनुसार यसपटक राप्रपा राष्ट्रिय दल बनेको छ भने प्रत्यक्षतर्फको मतपरिणाामअनुसार उसका संघीय संसद्मा सात जना र प्रदेशसभा ११ जनाले उपस्थिति जनाउने भएका छन् । 

यसअघि २०७४ सालमा राप्रपाबाट संघीय संसद्मा राजेन्द्र लिङ्देन र प्रदेशसभामा  प्रदेश १ मा इन्दिरा राई, बागमतीमा रिना गुरुङ र रिता माझी र  कर्णालीमा सोशीला शाहीकाउ मात्र उपस्थिति थियो । तर, यसपटक संघ र प्रदेश दुवैमा राप्रपाले सुधार गर्दै फड्को मारेको हो । राजेन्द्र लिङदेन, दीपक बोहरा, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, डा. धवलशमशेर राणा, दीपकबहादुर सिंह र ज्ञानेन्द्र शाही  प्रत्यक्षतर्फबाट निर्वाचित हुँदै संघीय संसद्मा सहभागी हुने भएका छन् ।

यसैगरी, झापा १ (ख)बाट सबिना बजगाइँ, झापा ४(ख) भक्तिप्रसाद सिटौला, चितवन ३ (क) ज्ञानुजंग लामा, धादिङ २ (ख) डम्बर तामाङ,  काठमाडौं २ (क र ख) क्रमशः सुनिल केसी र राजु विष्ट, काठमाडौं ५ (क) राजेन्द्र प्रजापती, काठमाडौं ८ (ख) उद्धव थापा, काठमाडौं ९ (क) नुरज बज्राचार्य, रुपन्देही १(क) आशिषकुमार चौधरी र कपिलवस्तु ३ (ख)बाट जानकीप्रसाद यादव निर्वाचित हुँदै प्रदेशसभामा सहभागी हुने भएका छन् । समानुपातिकतर्फको अन्तिम मतपरिणामपछि हुने सिट बाँडफाँड पनि यो संख्या बढ्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १२ : ४१ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह