समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलो, कांग्रेस दोस्रो दल « Khabarhub

समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलो, कांग्रेस दोस्रो दल


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलो  र कांग्रेस दोस्रो दलको रुपमा रहने भएको छ । माओवादी केन्द्रको मत जिल्लामा करिब साढे छ हजार प्राप्त गरी तेस्रो स्थानमा रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयले जारी गरेको अन्तिम मतगणना परिणामअनुसार नेकपा एमालेले ३१ हजार १७८ मत ल्याएको छ । नेपाली कांग्रेसले २७ हजार ७९६ मत र माओवादी केन्द्रले छ हजार ४८३ मत ल्याएको देखिन्छ ।

जिल्लामा क्रियाशील रहेको अन्य दलमा रास्वपाले आठ हजार २१७ मत, राप्रपाले दुई हजार ३०८ मत, नेकपा (एस)ले ५९२ मत पाएको छ भने नेसनल मंगोल अर्गनाइजेशनले ४९७ मत र जसपाले २६१ मत पाएको देखिन्छ । यसैगरी नेपाली कांग्रेस(विपी)ले २१ मत पाएको छ । त्यसैगरी, ५० मतभन्दा बढी पाउनेमा आमूल परिवर्तन मसिहा पार्टी ७९ मत, नेकपा (समाजवादीरदलित पार्टी)  ६९, जनमत पार्टी ६८ मत र राष्ट्रिय जनमुक्ति पार्टीले ५० मत पाएको छन् ।

समानुपातिकतर्फ कुल ४७ पार्टी चुनाव लडेकोमा यस जिल्लामा मत संख्या शून्य हुनेमा मितेरी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र पिछडा वर्ग निसाद दलित जनजाति पार्टी गरी तीन रहेका छन् । प्रत्यक्षतर्फ उम्मेदवार उठाएका दुई दल नेपाल मजदुर किसान पार्टीले १९ मत पाएको छ । त्यस्तै, कमल थापाको राप्रपाले १० मत ल्याएका छन् ।

यसअघिका निर्वाचनमा दुई सयभन्दा बढी मत ल्याउने गरेको नेकपा (माले) पनि यसपटक ४३ मा खुम्चिएको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ४६ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले ३६ मत ल्याएको छ । नेपाल कम्युनिष्ट पार्टीले र विवेकशील साझा पार्टीले ८र८ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले ७ मत तथा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले ३ मत पाएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  २ : २८ बजे

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध