गण्डकी प्रदेश : प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो « Khabarhub

गण्डकी प्रदेश : प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ । 

मनाङको प्रदेश निर्वाचन क्षेत्र(२) मा राजिव गुरुङ निर्विरोध निर्वाचित भएका थिए । स्याङ्जा क्षेत्र नं २ मा नेकपा एमालेले निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका कारण त्यहाँ मतगणना सुरु हुन सकेको छैन ।

हालसम्मको नतिजाले प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो देखिएको छ भने समानुपातिकमा नेकपा एमाले पहिलो देखिएको छ । कांग्रेसले गण्डकी प्रदेशसभामा १६ स्थानमा जित हासिल गरेको छ । यसअघि २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नवलपुर क्षेत्र नं १ मा मात्रै विजयी बनेको थियो, भने प्रदेशसभामा जम्मा छ स्थानमा जितेको थियो । 

उक्त चुनावमा समानुपातिकबाट नौ स्थान गरी कूल १५ सिट हासिल गरेको कांग्रेसले अहिले भने प्रत्यक्षमा नै १६ सिट सुरक्षित गरी पहिलो पार्टी बनेको हो । यस निर्वाचनमा गठबन्धनका कारण कांग्रेसले प्रतिनिधिसभामा १२ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको थियो भने प्रदेशसभामा २२ उम्मेदवार बनाएको थियो । 

अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० सिट गरी २७ सिट हासिल गरेको नेकपा एमाले यस पटकको निर्वाचनमा उक्त जितलाई सुरक्षित गर्न सकेन । यस पटकको निर्वाचन परिणामअनुसार प्रत्यक्षतर्फ एमाले प्रतिनिधिसभातर्फ पाँच स्थानमा विजयी बनेको छ भने प्रदेशसभातर्फ १२ स्थानमा विजयी बनेको छ । एमालेले प्रतिनिधिसभामा १८ वटै क्षेत्रमा र प्रदेशसभामा ३४ स्थानमा उम्मेदवारी दिएको थियो । समानुपातिकमा भने हालसम्मको जारी मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले पहिलो बनेको छ ।

अघिल्लो निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा तीन स्थानमा जित हासिल गरेको नेकपा माओवादी केन्द्र अहिले भने दुई स्थानमा मात्रै विजयी बनेको छ । कांग्रेस सहितको पाँच दलीय गठबन्धनका क्रममा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ चार स्थानमा उम्मेदवारी दिएको थियो । त्यस्तै अघिल्लो निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्षमा नौ स्थान जितेको माओवादी केन्द्र अहिले पाँच ठाउँमा मात्रै विजयी बनेको छ । अघिल्लो निर्वाचनमा समानुपातिक तीन सहित गण्डकी प्रदेशसभामा माओवादीले १२ सिट सुरक्षित गरेको थियो ।

अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ दुई सिटमा निर्वाचित बनेको राष्ट्रिय जनमोर्चाले समानुपातिकबाट एक गरी तीन सिट कायम गरेको थियो । अहिले भने जनमोर्चाले प्रदेशसभामा उम्मेदवार उठाएन । प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ-१ बाट विजयी बनेका छन् । 

कांग्रेस सहितको गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले गण्डकीमा जित निकाल्न सकेन । प्रतिनिधिसभातर्फ कास्की-२प्रदेशसभातर्फ नवलपुर-१ ९२० मा उम्मेदवारी दिए पनि दुवैमा पराजय भोगेको छ ।

गण्डकी प्रदेशमा समानुपातिकतर्फ एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत प्राप्त गरेको छ । 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ३ : ५६ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख