समानुपातिकतर्फ माओवादीलाई १० लाख मत प्राप्त  « Khabarhub

समानुपातिकतर्फ माओवादीलाई १० लाख मत प्राप्त 


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना सम्पन्न भएको छ । 

जारी मतगणनामा नेकपा (एमाले) २४ लाख १३ हजार दुई सय २२ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ९४ हजार नौ सय ८३ मत प्राप्त गरेको छ । आज अपराह्न तीन बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फको मतमा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ८३ हजार पाँच सय २२ मत प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख १३ हजार नौ सय ११, छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले तीन लाख चार सय ४९ र सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ३५ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।

यस्तै जनमत पार्टीले दुई लाख ३४ हजार एक सय २७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख दुई हजार ७९, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २२ हजार पाँच सय ५७, नेपाल मजदुर किसान पार्टीले ७० हजार तीन सय ७१, हाम्रो नेपाली पार्टीले ४९ हजार छ सय २७, मङ्गोल नेशनल अर्गनाइजेशनले ४४ हजार दुई सय आठ र राष्ट्रिय जनमोर्चाले ४३ हजार नौ सय २६ मत प्राप्त गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ राजनीतिक दलमध्ये अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार पाँच सय चार मत प्राप्त गरेको छ । 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ४ : २७ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा