सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव  « Khabarhub

सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव 


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटको सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन् ।

खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन् । पानी वितरणमा एकरूपता नभएपछि खानेपानीको अभाव भएको स्थानीय धनबहादुर बटालाले बताए । उनले जनप्रतिनिधिहरूले नागरिकको समस्यामा ध्यान नपुर्‍याएको भन्दै आक्रोश व्यक्त गरे । 

‘खानेपानीमा पनि पहुँचवालाको हालिमुहाली छ, सर्वसाधारणका धारामा पानी आउँदैन तर पहुँचवालाका धारामा भने चौबीसै घण्टा पानी आइरहेको हुन्छ’, बटालाले भने, ‘अहिलेसम्म सदरमुकाममा खानेपानीको अभाव हुँदा कसैको ध्यान गएको छैन ।’

अहिले खाँडाचक्र नगरपालिका-१ स्थित बजारमा पिउने पानी अभाव भएको समयमा पहुँचवालाले खानेपानीको ट्याङ्कीबाट सिधै पाइप जडान गरेर घरघरमा लगेका छन् । सर्वसाधारणको धारामा हप्तौँसम्म पनि पानी आएको छैन । 

खानेपानीले सबै उपभोक्तालाई एकैनासको धारा दिनुपर्नेमा माग गर्दै स्थानीयले विरोध जनाएका छन् । खानेपानी कार्यालयले ट्याङ्कीबाटै सिधै लाइन तानेर पहुँचवालाको घरघरमा धारा पुर्‍याएको स्थानीयले आरोप छ । 

‘घरमा पानी आउन छाड्यो, धारा नजिक छैन, १ घण्टा हिँडेर पानी ल्याउन जानुपर्छ । त्यहाँ पनि भीड उत्तिकै हुन्छ, पालो नकुरी पानी पाइँदैन’, खाडाचक्र नगरपालिकामा होटल व्यवसाय गर्दै आउनुभएका चक्रबहादुर बमले गुनासो गरे।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ५ : ४२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल