रौतहट नगएको भए मलाई हराउने रहेछन् : माधव नेपाल « Khabarhub

रौतहट नगएको भए मलाई हराउने रहेछन् : माधव नेपाल


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नगएको भए आफू नै चुनाव हार्ने अभिव्यक्ति दिएका छन् ।

सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताबाट आइतबार बधाई थाप्दै नेपालले रौतहट १ बाट नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताए । प्रतिनिधिसभा सदस्यमा रौतहट १ बाट निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका छन् ।

नेपाललाई भेट्न गएका नेता कार्यकर्ताहरुले समानुपातिक तर्फ पार्टीको थोरै मत आएको भन्दै चिन्ता गरेका थिए । ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेर राष्ट्रिय पार्टी नबनिने हो कि भन्ने चिन्ता उनीहरुमा थियो ।

अध्यक्ष नेपालले भने अझै मतगणना जारी रहेको भन्दै नआत्तिन आग्रह गरे ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ३६ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा