लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट « Khabarhub

लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बीमा व्यवसाय गर्नका लागि तीन वटा र लघु निर्जीवन बीमा व्यवसाय गर्नका लागि चार कम्पनीको प्रस्ताव छनोट गरिएको छ ।

प्राधिकरणले गत भदौ १० गते ३५ दिने सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीहरूबाट प्रस्ताव माग गरेको थियो । प्रस्ताव आह्वान गरिएको म्यादभित्र दर्ता हुन आएका प्रस्तावहरुमध्ये प्राधिकरणको मूल्याङ्कनबाट सात कम्पनीलाई छनोट गरिएको हो ।  

लघु जीवन बीमा व्यवसाय गर्नका लागि प्रस्ताव छनोट भएका कम्पनीमा मोरङको बिराटनगर-७ मा मुख्य कार्यालय रहेको गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड, सुर्खेतको वीरेन्द्रनगरमा प्रधान कार्यालय रहेको क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र कास्कीको पोखरामा प्रधान कार्यालय रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् ।

लघु निर्जीवन बीमा व्यवसायतर्फ रुपन्देहीको बुटवल–२ मा प्रधान कार्यालय रहेको ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, चितवनको भरतपुर–१ मा प्रधान कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, धनुषाको जनकपुरधाममा प्रधान कार्यालय रहेको स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलालीको धनगढी–३ मा प्रधान कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रस्ताव छनोट गरिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ३७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल