झापामा हात्तीपाइले रोगको सेम्पल सर्भे हुँदै « Khabarhub

झापामा हात्तीपाइले रोगको सेम्पल सर्भे हुँदै


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा हात्तीपाइले रोग निवारणसम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको छ । झापाको भद्रपुरमा आज कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले ‘हात्तीपाइले रोग निवारणसम्बन्धी रि–प्रि टेष्ट सर्भे’ सम्बन्धी अभिमूखीकरण कार्यक्रमको आयोजना गरी सर्वेक्षणबारे जानकारी दिएको हो ।

तालिम केन्द्रका भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेलले झापाको दुई पालिकामा सेम्पल सर्भे गरिने जानकारी दिए । झापाको कचनकवल गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा सेम्पल सर्भे गरिने उनले बताए । विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको परीक्षण कीटबाट १० मिनेटमै नतिजा (रिपोर्ट) आउने उनले बताए । यही मङ्सिर १२ गते कचनवल र १३ गते कुमरखोदमा सेम्पल सर्भे हुनेछ ।

सर्भेका क्रममा लोदाबारी र कुमरखोदका तीन/तीन सय स्थानीयबासीको रगत परीक्षण गरिनेछ । रगतमा हात्तीपाइले रोगको जीवाणु रहे÷नरहेको परीक्षण गरिने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले बताए ।

परीक्षणमा पाँच प्रतिशतभन्दा कम मानिसमा हात्तीपाइले रोगको जीवाणु पाइएमा जिल्लामा हात्तीपाइले रोग निवारण भएको मानिनेछ भने सोभन्दा बढी आएमा झापा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुनेछ । असफल भएमा यसअघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा एउटा औषधि थप भई तीन वटा औषधि सेवन गर्नुपर्ने फोकल पर्सन श्रेष्ठले बताए ।

छ वर्षमा झापामा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहे पनि ११ वर्षसम्म पनि सफलता मिलेको छैन । अघिल्लो पटक झापाको दमक र झापा गाउँपालिकामा सन् २०२० मा सेम्पल सर्वेक्षण गरिएको थियो । मापदण्ड भन्दा बढीमा हात्तीपाइले रोगको जीवाणु भेटिएपछि अभियान सफल घोषणा भएको थियो ।

सर्वेक्षणमा नतिजा सकारात्मक आए अभियान सफल हुने छ र माघ अन्तिममा १२ औँ पटक औषधि सेवनपछि जिल्लालाई हात्तीपाइले रोग निर्मूल भएको जिल्ला घोषणा गरिने छ । गत वर्ष झापामा ८६ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, स्वास्थ्य कार्यालय झापाका प्रमुख जागेश्वप्रसाद यादवलगायतले हात्तीपाइले रोग निवारणमा सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : २८ बजे

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

दमौली– तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा

प्यू सर्भे : विश्वभरमा झन् बदनाम हुँदै इजरायल, मानिसहरूको धारणा नकारात्मक बन्दै

तेलअभिभ- प्यू रिसर्च सेन्टरको एक नयाँ सर्भेअनुसार विश्वका धेरै देशहरूमा

नेपाल प्रहरीलाई भारतले दियो ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट

वीरगञ्ज- भारत सरकारले नेपालका सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिका लागि ७

रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्‍यो घटना विवरण

झापा– झापा प्रहरीले दमक नगरपालिका–८ निवासी २१ वर्षीया रमा तिवारीको