झापामा हात्तीपाइले रोगको सेम्पल सर्भे हुँदै « Khabarhub

झापामा हात्तीपाइले रोगको सेम्पल सर्भे हुँदै


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा हात्तीपाइले रोग निवारणसम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको छ । झापाको भद्रपुरमा आज कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले ‘हात्तीपाइले रोग निवारणसम्बन्धी रि–प्रि टेष्ट सर्भे’ सम्बन्धी अभिमूखीकरण कार्यक्रमको आयोजना गरी सर्वेक्षणबारे जानकारी दिएको हो ।

तालिम केन्द्रका भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेलले झापाको दुई पालिकामा सेम्पल सर्भे गरिने जानकारी दिए । झापाको कचनकवल गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा सेम्पल सर्भे गरिने उनले बताए । विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको परीक्षण कीटबाट १० मिनेटमै नतिजा (रिपोर्ट) आउने उनले बताए । यही मङ्सिर १२ गते कचनवल र १३ गते कुमरखोदमा सेम्पल सर्भे हुनेछ ।

सर्भेका क्रममा लोदाबारी र कुमरखोदका तीन/तीन सय स्थानीयबासीको रगत परीक्षण गरिनेछ । रगतमा हात्तीपाइले रोगको जीवाणु रहे÷नरहेको परीक्षण गरिने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले बताए ।

परीक्षणमा पाँच प्रतिशतभन्दा कम मानिसमा हात्तीपाइले रोगको जीवाणु पाइएमा जिल्लामा हात्तीपाइले रोग निवारण भएको मानिनेछ भने सोभन्दा बढी आएमा झापा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुनेछ । असफल भएमा यसअघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा एउटा औषधि थप भई तीन वटा औषधि सेवन गर्नुपर्ने फोकल पर्सन श्रेष्ठले बताए ।

छ वर्षमा झापामा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहे पनि ११ वर्षसम्म पनि सफलता मिलेको छैन । अघिल्लो पटक झापाको दमक र झापा गाउँपालिकामा सन् २०२० मा सेम्पल सर्वेक्षण गरिएको थियो । मापदण्ड भन्दा बढीमा हात्तीपाइले रोगको जीवाणु भेटिएपछि अभियान सफल घोषणा भएको थियो ।

सर्वेक्षणमा नतिजा सकारात्मक आए अभियान सफल हुने छ र माघ अन्तिममा १२ औँ पटक औषधि सेवनपछि जिल्लालाई हात्तीपाइले रोग निर्मूल भएको जिल्ला घोषणा गरिने छ । गत वर्ष झापामा ८६ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, स्वास्थ्य कार्यालय झापाका प्रमुख जागेश्वप्रसाद यादवलगायतले हात्तीपाइले रोग निवारणमा सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : २८ बजे

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ – माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

अब चीनमा एआई मोडलबाट शेयर बजारको भविष्यवाणी र विश्लेषण

पेइचिङ – चीनले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।