बालेनसँग भेटेर छम्छमी नाच्नुपर्ला : हर्क साम्पाङ | Khabarhub Khabarhub

बालेनसँग भेटेर छम्छमी नाच्नुपर्ला : हर्क साम्पाङ


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरका मेयर बालेन साहसँग आफ्नो कुनै विवाद नभएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत मेयर साम्पाङले आफूहरु कहिल्यै नबाझेको बताएका हुन् । साथै उनले बालेनसँग भेट हुँदा छम्छमी नाचेर देखाउने बताएका छन् ।

‘हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन ! हामी बाझेको नै कहिले थियौँ र ! अब हाम्रो भेट हुँदा छम्छमी नाचेरै देखाउनु पर्ला !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

केही समय पहिले मेयर साम्पाङ र बालेनबीच सामाजिक सञ्जालमा विवाद देखिएको थियो । काठमाडौँको फोहोरको विषयमा सिर्जना भएको उक्त विवादको सन्दर्भमा समर्थकहरुले प्रश्न उठाएपछि साम्पाङको यस्तो स्टाटस आएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : ४१ बजे

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा