चोरीको मोटरसाइलसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

चोरीको मोटरसाइलसहित तीन जना पक्राउ


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका।६ जलजले बजारका कुमार कार्कीको घर बाहिर पार्कीङ गरी राखेको मोटरसाइकल चोरी गर्दै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

चोरीको मोटरसाइकल डोर्‍याउँदै लैजान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले रामेछाप मन्थली नगरपालिका।१ का २७ वर्षीय बिक्रान्त थापा मगरलाई पक्राउ गरेको हो ।

प्र ३–०२–००१ प २०७५ नम्बरको मोटरसाइकलसहित थापा मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थापालाई सोधपुछ गर्ने क्रममा सो मोटरसाइकल चोरीको रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका।१ का २७ वर्षीय थापा मगर, ललितपुर गोदाबारी नगरपालिका।३ का २७ वर्षीय सुमन बिष्ट र त्रियुगा नगरपालिका।१६ का ३१ वर्षीय बिर्ख तामाङ रहेका छन् ।

चोरी घट्नामा संलग्न रहेका बिष्ट र तामाङलाई प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोलीले सुकौरा बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान गर्ने क्रममा चोरीको मोटरसाइकल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका।९ आरुबोटका कृष्णबहादुर घलेको रहेको खुलेको छ ।

चोरीको मोटरसाइकल र नियन्त्रण लिइएका मानिससमेतलाई घट्नास्थल प्रहरी वृत्त सातदोबाटो ललितपुर भएकोले आवश्यक कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : ४५ बजे

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

काठमाडौं– इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर