टाउकोबाट रगत बगेपछिको दुखाई प्राणघातक हुन्छ | Khabarhub Khabarhub

टाउकोबाट रगत बगेपछिको दुखाई प्राणघातक हुन्छ

‘शरीरमा अनियन्त्रित सेल विभाजन हुँदा ट्युमर जस्तो बन्छ’



अहिले टाउको दुखाइ धेरैको समस्याको रूपमा देखिएको छ । यो सबै उमेरका व्यक्तिलाई हुन सक्छ । तर दुखाइ भने मान्छेपिच्छे फरक हुन्छ । कसैलाई चर्को र कसैलाई हल्का गरी दुखेको हुन्छ । दुखाइको मापन भने गर्न सकिँदैन । कोही एक व्यक्तिलाई हल्का दुखाइ भएको त्यही दुखाइ अर्कालाई चर्को हुन सक्छ । दुखाइको कुरा मान्छेको मानसिक स्थिति र उसको स्वास्थ्य अवस्थामा भर पर्छ । तर टाउको दुखाइ आफैँमा रोग होइन । यो अरू रोग र शरीरको अवस्थाका कारणले हुने समस्या हुने चिकित्सकले बताएका छन् । टाउको दुख्दैमा चिकित्सकलाई देखाउनु पर्ने हो वा कस्तो अवस्थामा अस्पताल जानै पर्छ ? यसै विषयमा आधारित रहेर ओम अस्पतालमा कार्यरत वरिष्ठ न्युरो सर्जन डा. चन्द्रमान प्रजापतिसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

अहिले धेरै मानिसहरूमा टाउको दुख्ने समस्या बढेको छ, हामीले कस्तो अवस्थामा चाहिँ न्युरो सर्जनसँग भेट्ने ?
न्युरो सर्जन भन्नासाथ हामीले टाउकाको अप्रेसन गर्ने डाक्टर भन्ने बुझ्छौँ । टाउकोमा अपरेसन गर्नुपर्ने अवस्था नै आयो भने चाहिँ भेट्न पर्ने हुन्छ । न्युरो सर्किजल रोगहरू जुन प्राण घातक पनि हुन सक्छन् त्यस्तो बेला न्युरो सर्जनलाई भेट्न सक्छौँ ।

कस्तो कस्तो अवस्था प्राणघातक हुन्छ ?
पहिलो त टाउकोबाट रगत बग्दा प्राणघातक हुन्छ । जस्तो चोट पटक लाग्दा टाउकोमा रगत बग्छ । उच्च रक्तचाप भएको बिरामीलाई प्रेसर राम्रो कन्ट्रोल नहुँदा अचानक नै टाउको भित्रको रगत नलीहरू फुटेर रगत बग्न सक्छ यसलाई हेमोरेजिक स्ट्रोक भनिन्छ । यस्तै अरू पनि लक्षण पनि हुन्छन् । जस्तो प्यारालाइसिस, बोल्न नसक्ने, कहिलेकाहीँ अचेत भएर काम्ने हुन्छ यी सबै पहिला टाउको दुखाई बाट नै सुरु हुन्छ ।

दोस्रो, एन्युरीजमस टाउकामा जाने नलीहरू ४ वटा हुन्छन् । त्यसबाट हाँगाहरू निस्किँदै जान्छन् र यो हाँगा निस्किने ठाउँमा रक्तनलीको भित्ता कसैको बलियो हुँदैन । त्यसैले रगतको वेग यसले थाम्न सक्दैन । कहिलेकाहीँ बेलुन फुलेको जस्तो फुल्दै आउँछन् र फुट्छन् फुटेपछि टाउकोमा रगत बग्छ । यस्तो अवस्थामा १०० जनामा १० देखि २० जनाको हस्पिटल नै नपुगी बाटोमै प्राण जान्छ । यसको सुरुको लक्षण जिन्दगीमा कहिल्यै नदुखे जस्तो एक्कासि टाउको दुख्छ ।

कति धेरै दुखाई भएर बेहोस हुन्छन् कतिपय हिँड्दा हिँड्दै बेहोस हुन्छन् किन ?
बेहोस हुनु भनेको चेतना नहुनु हो चेतना को फङसन दिमाग बाट नै हुन्छ । ब्रेनमा एउटा ठाउँ हुन्छ, जसलाई ब्रेन्सटिम ( दचबष्लकतझ) भनिन्छ ।यसले होसमा राख्ने काम गर्दछ । यसमा तरंङगहरुको प्रवाह हुन्छ । त्यो टुट्यो भने त्यस्तो बेला होस जान्छ ।

त्यो टुट्ने किन हुन्छ ?
अचानक टाउकोमा कसैले हान्यो भने गिदी हल्लिन्छ त्यस्तो बेला अध्यारो देख्ने हुन्छ । त्यस बेला ब्रेन्सटिममा रक्त प्रवाह अचानक बन्द भयो भने टुट्छ ।

कस्तो व्यक्तिमा यो समस्या धेरै हुन्छ ?
टाउको दुख्ने कारणहरू सर्किजल र नन सर्किजल गरी २ प्रकारका हुन्छन् । आँखाको कारणले टाउको दुख्छ, पिनासले गर्दा टाउको दुख्छ जोर्नीहरूको दुखाई बाट पनि टाउको दुख्छ, यी नन सर्किजल हुन् । सर्जिकलमा टाउको भित्र ट्युमर साधारण भयो भने काटेर फाल्नु पर्दछ । ट्युमर गिद्माी भएपछि टाउकामा जाने रगत नलीहरू र स्नायुहरू तन्किन थाल्दा टाउको धेरै दुख्छ ।

टाउकोमा भएको ट्युमर काटेर फाल्दा कतिको जोखिम हुन्छ ?
टाउकोमा गर्ने अप्रेसनहरू साधारण देखि लिएर जटिल खालका हुन्छन् । जुन सुकै अप्रेसन गर्दा पनि १० देखि १५ प्रतिशत रिस्क हुन्छ ।त्यसैले यो अप्रेसनमा पनि रिस्क हुन्छ । अप्रेसन गर्दा छाला चिरेपछि हड्डीमा पुग्छौँ त्यसलाई काटेपछि गिदिलाई छोप्ने कबज हुन्छ त्यसलाई पनि चिर्न पर्दछ र ट्युमर कहाँ छ त्यसलाई कट्ने क्रममा हरेक ठाउँमा रक्तनलिहरु हुन्छन् तिनमा चोट लाग्दा रगत बग्न सक्छ र तिनमा कन्ट्रोल भएन भने अप्रेसन पश्चात् पनि रगत बग्न सक्छ । चिरे पछि त्यस ठाउँमा ब्याक्टेरियाहरू प्रवेश गर्न सक्ने सम्भावना हुन्छ, त्यसबाट घाउ पाक्ने र अन्य समस्या आउन सक्छन् । गिदीको अप्रेसन गर्दा त्यो ठाउँ अलि अलि ड्यामेज हुन्छ । त्यसो हुँदा कहिले काहि छारे रोग जस्तो पनि पार्दिन सक्छ । यी साधारण रिस्क भए । अरू, कत्तिको ब्रेन ड्यामेज भइसकेको छ । त्यो अनुसार प्यारालाइसिसदेखि लिएर बेहोस हुने हुन्छन् । यो सबै जनामा हुँदैन १० देखि १५ जनामा मात्र हुन्छ ।

एक पटक ट्युमर काटेर फालेपछि त्यो ठाउँमा पछि अप्रेसन गर्नु पर्छ कि पर्दैन ?
ट्युमर भनेको तन्तुहरूको कोशिका बढ्ने सेल हो । एउटा सेलबाट अर्को बन्ने प्रक्रिया हो । यो ठाउँ ठाउँमा भएर शरीरमा अनियन्त्रित रूपले धेरै सेल विभाजन हुन थाल्यो भने यसले एक प्रकारको ट्युमर जस्तो बनाउँछ । यसलाई कन्ट्रोल गर्ने मेकानिजमहरु हुन्छन्, ट्युमर जिनहरूबाट कन्ट्रोल हुन्छ । त्यो मेकानिजम नै फेल खायो भने अनियन्त्रित रूपले सेल विभाजन हुँदा ट्युमरको डल्लो हुन्छ । यो दुई प्रकारको हुन्छ एउटा काटेर फाले पछि फर्किँदैन, र शरीरको अन्य ठाउँमा पनि सर्दैन यसलाई साधारण ट्युमर भनिन्छ । अर्को काटेर फाले पछि पनि छेउ बाट पलाउने वा शरीरको अन्य ठाउँमा सर्ने त्यसलाई घातक वा क्यान्सर हो ।

उपचार पश्चात् के के कुरामा ध्यान दिने ?
पहिला रोगको पहिचान गर्ने, त्यसको लागि साधारण परीक्षणले हुँदैन धेरै परीक्षण गर्नु पर्दछ तर अप्रेसन पश्चात् पहिलाको जस्तो हुनुपर्दछ । बाच्नै पर्दछ भन्ने मान्यता छ । तर टाउकाको सवालमा कहिले काहीँ यी कुराहरू लागु हुँदैन ।

कुन उमेर समूहको मानिसहरु बढी समस्या लिएर आउनुहुन्छ ?
भर्खरै जन्मेका व्यक्तिहरू देखि लिएर सबै उमेर समूहका मानिसहरुको हेर्नु पर्दछ । आमाको पेटमा हुँदा देखि अप्रेसन गरेर निको पार्ने तरिकाहरू छन् । धेरै उमेर भए पछि टाउकोमा बिल्डिङ देखि लिएर पानी जम्ने सम्मका समस्या हेर्नु पर्दछ । सबै उमेरमा यो समस्या हुन्छ ।

टाउकोमा यो समस्या नदेखियोस् भन्नका लागि के-के मा ध्यान दिने ?
वंशाणुगत रूपबाट पनि हुन सक्छ कन्ट्रोल गरेर गर्न सकिँदैन भन्ने त हुँदैन तर वातावरणीय प्रभावबाट हुने जस्तो, रेडिएसनले ट्युमर हुन सक्छ । टाउकोमा आउने समस्याहरू यसको जीवन यापन सँग पनि हुन सक्छ । जति आधुनिकता तर्फ लाइफ स्टाईल परिवर्तन हुँदै जान्छ । त्यति नै प्रेसर मधुमेह र शरीरमा बोसोका मात्रा बढ्दै जान्छ । त्यसबाट पनि समस्या हुन्छ । रगत नली सानो बनाउँछ । त्यसैले यी कुराहरू कन्ट्रोल गर्नु पर्याे, शरीरमा भएको मोटोपन हटाउनु पर्याे ।

(प्रस्तुतिः पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : २३ बजे

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु- प्रतिनिधिसभा राज्य व्यवस्था तथा

आफ्नोबारे समाचार लेख्ने पत्रकारलाई कारबाही माग्दै हर्कले लेखे गृहमन्त्रीलाई पत्र

  काठमाडौं- आफ्नो विगतका कमीकमजोरी खोतलेर समाचार लेख्ने पत्रकार गोपाल

पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै

ललितपुर– ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

कोलम्बो– श्रीलङ्काको निर्यात विकास बोर्ड (ईडीबी) ले सन् २०२५ मा

अर्थसंक्षेप : सहकारीका ठूला बचतकर्ताको स्रोतबारे राज्य मौन, २७ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक