‘सातै प्रदेशमा पर्यटन व्यवसायी महिला संघ गठन गर्छु’ « Khabarhub

टेवानकी नवनिर्वाचित अध्यक्ष कमला गिरी भन्छिन्ः

‘सातै प्रदेशमा पर्यटन व्यवसायी महिला संघ गठन गर्छु’

तेस्रो अधिवेशनबाट गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पोखरा : पोखरामा सक्रिय पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)की नवनिर्वाचित अध्यक्ष कमला गिरीले सातै प्रदेशमा समिति गठन गर्ने बताएकी छन् । आइतबार टेवानको नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि खबरहबसँगको कुराकानीमा अध्यक्ष गिरीले अब टेवानको समिति गण्डकी प्रदेशका सबै जिल्लाका साथै सात वटै प्रदेशमा समेत गठन गर्ने तयारीमा रहेको बताएकी हुन् ।

‘हामी पोखरामा पर्यटनमा जति काम गरेका छौँ, त्यो अरु प्रदेश र बाहिर पनि गर्न चाहन्छौँ’ उनले नवनिर्वाचित अध्यक्ष बनेपछि भनिन्, ‘यसका लागि आफ्नो संगठन चाहिन्छ । त्यसैले सातै प्रदेशमा समिति गठन गर्ने तयारी गर्छौँ ।’

पोखरामा सोमबार भएको पाचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी दुई वर्षका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)मा कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहेका छन् । यस्तै सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा रहेका छन् ।

ईश्वरी पौडेललाई भने कानुन तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारीसमेत प्रदान गरिएको अध्यक्ष गिरीले बताइन् । गण्डकी प्रदेशको राजधानी पोखराका पर्यटन व्यवसायमा जोडिएका महिलाहरु सम्मिलित संघ पछिल्लो समय विभिन्न कामले चर्चा कमाउँदै आएको छ ।

साथै पोखराबाट सुरु भएको यो संस्थाले सातै प्रदेश र अरु जिल्लामा पनि आफ्नो शाखा तथा समिति विस्तार गर्ने योजना बनाएको पनि नवनिर्वाचित अध्यक्ष गिरीले बताइन् ।

‘हामी पोखराका महिलाहरु मिलेर बनाएको पर्यटन व्यवसायी महिला संघ अब सातै प्रदेश र अरु जिल्लामा पनि गठन गर्ने योजनामा छौँ’ उनले आइतबार खबरहबसँगको कुराकानीमा भनिन्, ‘हाम्रो काम र पर्यटन व्यवसायमा जोडिएका महिलाहरुको सीप, क्षमताको कदर गर्दै सातै प्रदेशमा समिति गठन गर्ने योजना बनाएका छौँ ।’

त्यसबाहेक संघमा महिला व्यवसायीलाई जोड्ने, विभिन्न काममार्फत महिलाहरुको सीम क्षमता बढाउने तथा पर्यटन प्रवर्द्धनका लागि अरु संघ संस्था र सरकारसँग मिलेर आफूले काम गर्दै आएको पनि अध्यक्ष गिरीले बताइन् । गिरी पर्यटन व्यवसायीहरुको पहिलो राष्ट्रिय संगठन नाट्टा गण्डकी प्रदेशकी उपाध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ३५ बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।