चीनमा युवा बेरोजगार दर बढेको बढ्यै « Khabarhub

चीनमा युवा बेरोजगार दर बढेको बढ्यै


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – हाल चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिस विभिन्न सहरमा बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ।

सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो।आधिकारिक तथ्यांक अनुसार चीनको शहरी युवा जनसंख्या १ करोड ७० लाख छ। तथ्यांकमा ग्रामीण बेरोजगारी समावेश छैन।

द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ।

युवा बेरोजगारी दर मार्चमा १५.३ प्रतिशतबाट बढेर अप्रिलमा १८.२ प्रतिशतमा पुगेको छ। अर्को केही महिनासम्म निरन्तर बढ्दै जुलाईमा १९.९ प्रतिशतमा पुगेको थियो।

अगस्टमा यो दर थोरै घटेर १८.७ प्रतिशतमा झरेको थियो। तर , बेरोजगार दर अझै पनि अहिलेसम्मकै उच्च रहेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ।

कोभिडका कारण सृजित बेरोजगारीका कारण हरेक पाँचमध्ये एक जना सक्षम चिनियाँ कामबाट बञ्चित छन्।

चीनमा सञ्चालित शीर्ष कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निकाल्दा देशले आर्थिक गिरावटको सामना गरिरहेको छ।- एनडीटीभी

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : २२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना