यस्ता छन् कर्णाली प्रदेशसभा सदस्यका योजना « Khabarhub

यस्ता छन् कर्णाली प्रदेशसभा सदस्यका योजना


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभा सदस्य उर्मिला विक लक्षित वर्गका सवालमा प्रदेशसभामा आवाज बुलन्द गर्ने बताउँछिन् । ‘प्रदेशसभामा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित मात्र होइन, त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउने हो,’ उनले बताइन् ।

कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले सपथ लिँदै भनिन्, ‘दलका राजनीतिक एजेन्डालाई स्थापित गर्नेगरी प्रदेशसभामा सशक्त भूमिका खेल्छु ।’ शाहीको पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्रको माग गर्दै आएको छ ।

कर्णाली प्रदेशसभामा एकीकृत समाजवादीकी एक्ली सांसद हुन्, कल्याणी खड्का । प्रदेशसभामा उनको पनि पहिलो यात्रा हो । प्रदेशसभाको यात्रामा आफूलाई आशा र उत्साह दुवै रहेको खड्काले बताइन् । सदनमा जनजीविकाका सवाल, महिलाका मुद्दा, लैङ्गिक विभेद र कुप्रथाजस्ता कुरितीको अन्त्यका लागि काम गर्ने उनले सुनाइन् ।

हुम्लाबाट कर्णाली प्रदेशसभामा समानुपातिक सांसद बनेकी माओवादी केन्द्रकी जुम्कित लामाले जनताका अपेक्षा र आशा अनुरूप काम गर्ने बताउँछिन् । हुम्लाजस्तो विकट ठाउँबाट आफूलाई पार्टी र जनताले विश्वासका साथ पठाएकाले जिम्मेवारीपूर्वक काम गर्ने लामाले बताइन् ।

जाजरकोट प्रदेशसभा ‘ख’ बाट निर्वाचित कांग्रेसका राजीवविक्रम शाह भने संसद्का अनुभवी हुन् । यसअघि संविधानसभाका सभासद भइसकेका शाह यसपटक प्रदेशमा झरेका छन् । उनले कर्णालीका बासिन्दाको हितमा काम गर्ने संकल्पसहित प्रदेश सांसद बनेको बताए ।

पहिलो पटक प्रदेशसभा प्रवेश गरेका सुर्खेत क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’ बाट निर्वाचित कृष्णबहादुर जिसीले जनताको आशालाई मर्न नदिने बताए ।

जुम्ला प्रदेशसभा ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित एमालेका टेकराज पछाईंले प्रदेशसभामा रहेर जनताको आवश्यकताअनुसार कानुन निर्माणमा जोड दिने जनाए । आफूले निकै उत्साहका साथ संसद्को यात्रा तय गरेको भन्दै उनले कर्णालीको विकासका लागि योगदान गर्ने बताए ।

४० सदस्यीय प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहेको छ । कर्णालीको संसद्मा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा स्वतन्त्रबाट एक÷एक जना सांसद छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : २२ बजे

देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसधान

काठमाडौं– देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख माथि रहेको

प्रधानमन्त्रीले भने : लिपुलेकबारे इतिहासविदसहित भारत वार्तामा बस्न तयार भयो, इङ्ल्यान्डसँग पनि कुरा हुँदैछ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले अतिक्रमणको अवस्थामा रहेको नेपाली भूमि लिपुलेक

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब

प्रधानमन्त्री संसद्‍मा बोल्न तयार, तर विपक्षी दलहरूको नियमापत्ति

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक संसद् बैठकमा बोल्न तयार

प्रतिनिधिसभामा प्रधानमन्त्री उपस्थित, सांसदहरूलाई जवाफ दिँदै (लाइभ)

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन्