बोर्डले संशोधन गर्‍यो नियम, अब ४ दिन पहिले सेन्सर सिफारिस लिए हुने | Khabarhub Khabarhub

बोर्डले संशोधन गर्‍यो नियम, अब ४ दिन पहिले सेन्सर सिफारिस लिए हुने


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर)० का लागि सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तिमा सात दिनअगावै दरखास्त पेस गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब चार दिनअगावै दरखास्त पेस गर्नुपर्ने गरी निर्णय गरेको छ ।

सोमबार बसेको चलचित्र विकास बोर्डको बैठकले नियमलाई संशोधन गरेको हो । बैठकले राति ११ बजेपछि चलचित्र प्रदर्शन सुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा प्रदर्शन गर्नुअगावै बोर्डलाई जानकारी गराउनु पर्ने निर्णय भएको छ ।

यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।

नेपाल चलचित्र क्षेत्रका समस्याहरूको समाधानका र यस क्षेत्रको हितको लागि विभिन्न संघ-संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको अध्यक्ष भुवन केसीले बताए ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ११ : ३३ बजे

हङ्कङ सिक्सेस क्रिकेट : दक्षिण अफ्रिकासँग नेपाल पराजित

काठमाडौं– हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभामा विश्वासको मत

बबई नदीमा पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई डुङ्गाको भर (तस्बिरहरू) 

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ