अलैँचीको रेसाबाट मनग्य आम्दानी | Khabarhub Khabarhub

अलैँचीको रेसाबाट मनग्य आम्दानी


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी पहाडी जिल्लामा पाइने अलैँचीको रेसालाई समेत आम्दानीको स्रोत बनाउन थालिएको छ । पहाडी जिल्लाको प्रमुख नगदे बालीका रुपमा रहेको अलैँचीको रेसाबाट विभिन्न प्रकारका सामग्री बनाउन थालिएको छ भने यसले बजारसमेत पाउन थालेको छ ।

गोडमेल गर्दा र टिप्दा निस्कने अलैँचीको सरालाई मसिनो बनाएर उद्यमीले लाखौँको कमाइ गर्न थालेका छन् । यसरी खोलिएका उद्योगमा स्थानीय महिलाले रोजगारीसमेत पाउन थालेका छन् ।

सदरमुकाम फुङलिङमा विगत सात वर्षदेखि चन्दन फाइबर उद्योग खोलेर सञ्चालन गर्दै आएकी माया गुरुङले अलैँचीको रेसाजन्य सामानबाटै वार्षिक लाखौँको कमाइ गर्दै आएको जानकारी दिइन् । गुरुङका अनुसार अलैँचीको रेसाबाट हाते झोला, पर्स, हट म्याट, डोर म्याट, रुम म्याट, टी म्याट, झ्याल ढोकामा प्रयोग हुने पर्दालगायत सामान बन्ने गरेको छ । रेसाबाट बनेको सामान हेर्दा आकर्षक देखिने भएकाले यसको माग बढ्दोरुपमा रहेको गुरुङले बताइन् । विशेषगरी काठमाडौँ, पोखरालगायत ठूला सहरमा उनले उत्पादन गरेका सामान पुग्छन् । ती ठाउँबाट विदेशमा समेत निर्यात हुने गरेको उनले बताइन् ।

जङ्गलमा त्यसै खेर गइरहेको अलैँचीको रेसा सङ्कलन गरेर उद्योग चलाएकी गुरुङले स्थानीय १५ जना महिलालाई रोजगारीसमेत दिएकी छिन् । रोजगारी पाउनेमा प्रायः ग्रामीण क्षेत्रबाट बजार क्षेत्रमा बालबच्चा पढाउन बसेका महिला छन् । कामका आधारमा पारिश्रमिक दिएर उनीहरुलाई रोजगार प्रदान गरिएको हो । अलैँची बगानबाट सरा सङ्कलन गरेर ल्याउनेलाई समेत पारिश्रमिक दिएकाले आफ्नो उद्योगबाट धेरैलाई फाइदा पुगेको उनको भनाइ छ ।

यता सदरमुकाममै पाथीभरा कोसेलीघर सञ्चालन गर्दै आएकी विष्णु श्रेष्ठले समेत अलैँचीको रेसाबाट विभिन्न सामान बनाउँदै आएकी छिन् । सुरु सुरुमा बजार नपाउँदा समस्या भए पनि अहिले माग बढ्दै गएकाले उत्पादन पनि बढाउन थालेको श्रेष्ठले बताइन् । उद्यमीले अलैँचीको रेसाजन्य सामान बनाउन थालेपछि घरेलु तथा साना उद्योगको कार्यालयले समेत उनीहरूलाई आवश्यक सहयोग गर्न थालेको छ । पछिल्लो समय अलैँचीको सरालाई प्रयोग गरेर घरेलु प्रयोगमा आउनेलगायतका सामान उत्पादन हुन थालेकाले आवश्यक सहयोग गरिएको कार्यालय प्रमुख युवराज घोर्साईले बताए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : १४ बजे

आजका समाचार : संसद्‌मा आफूलाई हेपेको प्रधानमन्त्रीको गुनासो, जीबीलाई मलेसियाबाट ल्याउने गृहमन्त्रीको दाबी 

प्रतिनिधि सभामा बैठक  प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा आफ्नो अवमूल्यन भएको

भुटानमा पनि अडानी समूह : ५७० मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं– भारतीय खर्बपति गौतम अडानीले भुटानमा निर्माणाधीन ५७० मेगावाटको हाइड्रो

करदातालाई उचित ढंगले कर तिर्न प्रेरित गरौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि

बेकिङ सोडा प्रयोगका फाइदाहरू

काठमाडौं– तपाई हामीले खाने केकमा प्रयोग हुने बेकिङ सोडाका अन्य

अर्थसंक्षेप : विमानस्थल सञ्चालनबारे प्रधानमन्त्रीको जवाफदेखि लालुपाते सहकारीबाट बचत फिर्तासम्म

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन