सरकारमा सहभागी हुने विषयमा छलफल गर्न जसपाको बैठक बस्दै | Khabarhub Khabarhub

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न जसपाको बैठक बस्दै


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा राजनीतिक समितिको बैठकपछि मात्रै निर्णय गर्ने जनाएको छ ।

जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन । यही पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल हुने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जसपाले अहिले ‘पर्ख र हेर’ को रणनीति लिएको छ ।

यसैगरी उक्त पार्टीले अहिलेसम्म पार्टीको संसदीय दलको नेतासमेत चयन गरेको छैन । प्रतिनिधिसभामा सो दलको १२ सिट रहेको छ । प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जसपासहित सात दल र तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

नयाँ गठबन्धनमा रहेका दलमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको छ र नागरिक उन्मुक्ति पार्टीको चार सिट रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : १४ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य