आफैँ बसेको जेल निरीक्षणमा मुख्यमन्त्री पुग्दा… « Khabarhub

आफैँ बसेको जेल निरीक्षणमा मुख्यमन्त्री पुग्दा…


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की –  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मङ्गलबारसहित तेस्रो पटक कास्की कारागार पुगेका छन्। दुई पटक राजनीतिक बन्दीका रुपमा त अहिले मुख्यमन्त्रीको हैसियतमा कारागार निरीक्षणका क्रममा उनी त्यहाँ पुगेका हुन् ।

मुख्यमन्त्री पोखरेलले विसं २०३५ मा एक महिना र २०३६ मा साढे आठ महिना सोही कारागारमा बिताएका थिए। कार्यालय छेउमै भएर पनि समयको तारतम्मे नमिल्दा मुख्यमन्त्री भएपछि बल्ल कारागार छिर्न पाएको उनले बताए । “सासंद भए, प्रतिपक्षी दलको नेता भएँ, मुख्यमन्त्री नै भए तर कुनै बेला आफैँ बसेको कारागार आउन सकिरहेको थिइन, आज निरीक्षण गर्ने अवसर मिल्यो”, उनले भने, “उबेलाको भन्दा तुलनात्मक रुपमा कारागारमा धेरै सुधार भएको मैल पाएँ ।”

उनले विसं २०४२ तिर नवलपरासी जेलमा बस्दा त्यहाँ भागेका दुर्दशा पनि सुनाए । “त्योबेला जेलभित्र शौचालय थिएन, राति बाल्टिनमा शौच गरेर बिहान उज्यालो भएपछि फाल्नुपर्ने अवस्था थियो”, उनले भने, “५० जनाको क्षमता रहेकामा दुई जनासम्म सुत्नुपथ्र्यो ।”

मुलुकको प्रधानमन्त्री, मन्त्री भइसकेका अधिकांश नेता जीवनको कुनै न कुनै समयमा जेल बसेको भन्दै उनले त्यहाँबाट निस्केपछि भने जेलभित्रको कुरा बिर्सने गरेको बताए । पछिल्लो समय जेललाई सुधार गृहका रुपमा विकास गर्न पहल भए पनि सोचेजति प्रगति हुन नसकेको मुख्यमन्त्री पोखरेलको भनाइ छ । “कारागार सुधारको प्रयास नभएको होइन, स्तरवृद्धि पनि हुँदै गएको छ । सुधार गृहको अवधारणाअनुसार अघि बढाउन राज्यको बृहत् योजना र सोच चाहिन्छ”, उनले सुनाए । प्रदेश राजधानीमा रहेको कास्की कारागार तुलनात्मक रुपमा ठिक भए पनि पूर्ण नरहेको मुख्यमन्त्रीको बुझाइ छ ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : २८ बजे

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक