जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको अनुरोध | Khabarhub Khabarhub

जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको अनुरोध


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन हिटर, कोइला बालेर कोठा तातो बनाउनेलगायतको कार्यबाट कोठाभित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने भएकाले झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चिसोबाट जोगिन झ्यालढोका बन्द गरेर हिटर तथा कोइला बाल्दा अक्सिजन नष्ट हुने साथै कार्बन मनोअक्साइडसमेत बनी कोठाभित्र रहेका मानिसमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, निस्सासिइ बहोस हुने र थाहै नपाइ दुःखद् निधन हुने घटना बढेको सो कार्य नगर्न अनुरोध गरे ।

प्रहरीले आफू घर बाहिर निस्किदा कहिले पनि बन्द कोठामा हिटर अन गरी नछाड्न, झ्याल ढोकाका चरहरुमा बोरा, कपडा राखी हिटरलगायत विद्युतीय उपकरण नबाल्न, चुलो, फलामको चुलो, मकल, कराइमा दाउरा, कोइला बाली कोठाभित्र नराख्न, ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न आग्रहसमेत गरेको छ ।

यसैगरी, विद्युतीय उपकरणका स्वीच, मल्टिप्लक काम सकिएपछि बन्द गर्न, चुलो, मकल, फलामको चुलो, हिटर नजिक छिटो जल्ने खालको कुनै पनि सामग्री नराख्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : ३६ बजे

Nepatop

कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम 

पर्वत– सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले ‘स्मार्ट

अस्पतालकै फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री 

अछाम – जिल्ला अस्पताल अछामले सञ्चालन गरेको फार्मेसीबाट म्याद नाघेका

‘डिपिआर’मै थन्किए खेल पूर्वाधार

गण्डकी– लाखौँ खर्चेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइए पनि निर्माण

राज्यलाई क्षति पुर्‍याउनेलाई नै क्षतिपूर्ति भराउने प्रणाली आवश्यक : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए

वीपीको उपकुलपतिमा ज्ञानेन्द्र गिरी स्वतः पुनर्बहाली

सुनसरी- १३ महिनाअघि निलम्बनमा परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका