बार्टी र डेनियल अष्ट्रेलियन टेनिसको फाइनलमा « Khabarhub

बार्टी र डेनियल अष्ट्रेलियन टेनिसको फाइनलमा


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व नम्बर एक वरियताकी अष्ट्रेलियन खेलाडी अस्लेइग बार्टी र अमेरिकी खेलाडी डेनियल कोलिन्स अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्।

मेलवर्नमा बिहीबार भएको खेलमा बार्टीले अमेरिकाकी खेलाडी म्याडिसन केयसलाई ६-१, ६-३ को सोझो सेटमा हराइन्।

बार्टी सन् १९८० पछि अष्ट्रेलियन ओपनको एकलतर्फ फाइनलमा स्थान बनाउने पहिलो घरेलु खेलाडी बनेकी छन्।

अर्को खेलमा कोलिन्सले पोल्याण्डकी इगा स्वेटेकलाई सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेकी हुन्। कोलिन्सले स्वेटेकमाथि ६-४, ६-१ को जित निकालेकी हुन्।

अब कोलिन्सले उपाधिका लागि अष्ट्रेलियाकी विश्व नम्बर एक बार्टीसँग खेल्ने छिन्।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ५ : ३१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका